काउलीको सेवन स्वास्थको दृष्टिकोणले निकै नै फाइदाजनक हुनुको साथै अधिकांशलाई प्रिय पनि लाग्छ । काउलीमा भिटामिन, क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल, मिनरल्स, एन्डिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, फ्लेवोनोइड्स, फाइटोन्यूट्रियन्स आदि भरपूर मात्रामा पाइन्छ । यी सबै तत्वहरु हाम्रो शरीरको लागि अति नै फाइदाजनक हुन्छन् । यो तरकारीले हामीलाई एनिमिया, मेनोपोज, स्कर्बी, ब्रेस्ट क्यान्सर, मुटुरोग आदि जस्ता रोगहरुबाट जोगाउने गर्छ भने काउलीको सेवनले शरीरको तौल घटाउन समेत सहयोग पुग्छ ।
फाइदै–फाइदाले भरिएको काउलीले केही रोगका बिमारीहरुलाई भने पक्कै बेफाइदा पु¥याउँछ । केही मानिसहरुको स्वास्थका लागि काउलीको सेवन राम्रो मानिँदैन । यसको सेवनले उनीहरुको समस्या अझै बढ्न सक्छ ।
– थाइराइड दुई प्रकारको हुन्छ–हाइपो थाइराइड तथा हाइपर थाइराइड । हाइपो थाइराइडमा थाइराइड ग्ल्याण्ड एक्टिभ हुन सक्दैन । जसबाट शरीरमा टि थ्री, टि फोर हार्मोन पुग्न सक्दैन । चिकित्सकहरुका अनुसार हाइपो थाइराइडबाट पीडित महिलाहरुले काउली खानबाट बच्नुपर्छ । किनभने यसमा गाइट्रोगन नामक तत्व पाइन्छ । जुन थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ ।
– डाइटिसियनहरुका अनुसार काउलीमा त्यस्ता पोषक तत्वहरु पाइन्छन् जसले पाचन प्रणालीलाई नै समस्या पैदा गरिदिन सक्छ । त्यसैले काउली भनेको ग्याष्ट्रिकका लागि समस्या हो । त्यसैले ग्यास्ट्रिकबाट पीडित व्यक्तिहरुले काउलीको सेवन गर्नबाट बच्नुपर्छ । यसबाहेक शिशुलाई दुध खुवाइरहेका आमाहरुले पनि काउली सेवन गर्नुहुँदैन । उनीहरुलाई पनि ग्याष्ट्रिकको समस्याले सताउन सक्छ । यसबाहेक जो महिलाहरुलाई अर्थराइटीसको समस्या हुन्छ । उनीहरुले पनि काउली खानबाट बच्नुपर्छ । किनभने काउलीले पेटमा ग्यास बढाउँछ र त्यसले हड्डीहरुमा पीडा हुन थाल्छ ।
– यसबाहेक काउलीमा भिटामिन–के अत्यधिक मात्रामा पाइन्छ । भिटामिन– के ले शरीरको ब्लड कटिङमा सहयोग पु¥याउँछ । यदि मानिसको शरीरमा यो भिटामिनको कमी भयो भने शरीरको भित्री अंगहरुमा आन्तरिक ब्लिडिङ हुनसक्छ । जुन निकै खतरनाक हुनसक्छ । त्यसैले रगतलाई गाढा बनाउनेका औषधि सेवन गरिरहेका महिलाहरुले पनि काउलीको सेवन गर्नबाट बच्नुपर्छ ।
– काउलीको स्वाद अधिकांशलाई मनपर्छ भन्ने कुरामा त अब द्विविधा नै नरहला । साथै यो स्वास्थका लागि धेरै नै फाइदाजनक पनि छ । यद्यपि, हरेक कुराको सकारात्मक तथा नकारात्मक पक्ष हुन्छ भनेजस्तै काउलीको पनि दुबै पक्ष देख्न सकिन्छ । त्यसैले यदि तपाईं पनि माथि उल्लेख गरिएकामध्ये कुनै समस्याबाट पीडित हुनुहुन्छ भने काउलीको सेवनबाट बच्नुपर्छ ।
साभारः ‘स्वास्थ्य खरपत्रिका’पुस्तकबाट













