१. प्रत्येक व्यक्तिको आफ्नो मान्यता छ तर मान्यता छ तर मान्यता सत्य होइन । मान्यता फेरिन सक्छन् तर सत्य कहिल्यै फेरिन्न ।
२. तपाईं आफ्नो लागि सत्यको खोजी गर्नुहोस् तर सत्यको खोजका लागि यो आवश्यक छ कि मन निर्मित समस्त वस्तुबाट पृथक हुनुहोस् ।
३. मनसँग–आविष्कार, कल्पना, अन्दाज र विचार गर्ने गजबको सामथ्र्य छ । यो सामथ्र्यलाई एकातिर थन्क्याउनुहोस् । अनि मन एकदम स्वच्छ र सरल हुन सकोस् । अनुभव र ज्ञानबाट मुक्त हनले नै त्यसको खोजी गर्न सक्छ जुन मस्तिष्क र मनभन्दा पर छ । अन्यथा तपाईंको अनुसन्धान तपाईंका अनुभवले रँगिएको हुनेछ र तपाईंका अनुभव संस्कारका उपज हुन् ।
४. एकान्त मुक्तिको त्यो अवस्था हो, जसको आगमन एक्लोपनलाई बुझेर त्यसमा प्रवेश गर्नाले हुन्छ । एकान्त अवस्थामा तपाईं मानसिक दृष्टिमा कसैमा आश्रित रहनुहुन्न । त्यतिखेर तपाईं सुख, आराम र सन्तोष केही चाहनुहुन्न । तब मन पूर्णतया एकान्त हुन्छ र यस्तो मन नै सिर्जनशील हुन्छ ।
५. शिक्षाको कार्य हो विद्यार्थीलाई संवेदनशील बनाओस् परिणाम स्वरुप विद्यार्थीले कुनै कुराको प्रतिकार नगर्दै जीवनका समस्त गतिविधि प्रति सजग रहोस् ।
६. संवेदनशील मानिस धेरै कष्ट उठाउन सक्छन् । यदि तिनले त्यस दुःखलाई बुझेर त्यसको अतिक्रमण गरे भने तिनले आफ्नो जीवनमा अद्भुत रहस्यको आविष्कार गर्न सक्छन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













