• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाउँमै माध्यमिक शिक्षा, बीचमै पढाइ छाड्ने बाध्यता हट्यो

by
१७ भदौ २०८०,
0
गाउँमै माध्यमिक शिक्षा, बीचमै पढाइ छाड्ने बाध्यता हट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो। तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने रहर अधुरै रहन्छ कि भन्ने चिन्ता पनि उत्तिकै थियो। गाउँ छाडेर सहरमा गइ पढ्न सक्ने अवस्था पनि थिएन।

तर यतिबेला भने उनको चाहना पूरा हुने भएको छ। महानगरपालिकाले यस वर्षदेखि आफूले गाउँको विद्यालयमा माध्यमिक तहसम्मको पढाइ सुरु गर्ने भएपछि उनको पढ्नका लागि सहर जानुपर्ने बाध्यता हटेको छ।

माध्यमिक तहको पढाइ नहुँदा यहाँ पढ्ने अधिकांश विद्यार्थी ८ कक्षा पढेपछि विद्यालय छाड्न बाध्य थिए। सुस्मिताकी दिदी सृजना पनि कक्षा ८ पास गरेपछि विद्यालय छाडेर घर बस्न बाध्य भइन्।

आफू पढ्दै आएको विद्यालयमा कक्षा ९ मा पढ्न पाउने मध्येकी एक भाग्यमानी किशोरी बनेको उनी बताउँछिन्। कक्षा ८ पढेपछि पढाइ नै सकिने गरेकोमा अब माध्यमिक तहको ढोका पनि खुलेको भन्दै उनी हर्षित छिन्। डुम्रेमा कक्षा ३ सम्म पढेपछि त्यसपछिका कक्षा पढ्न गाउँका सबै चौकीडाँडा आउने गरेका छन्।

चौकीडाँडाबाट नजिकको विद्यालय जुगेडीमा रहेको कविलास राष्ट्रिय मध्यमिक विद्यालय हो। त्यहाँको दुरी करिब १७ किलोमिटर छ। जहाँ घरबाट दैनिक जान र आउन सम्भव छैन।

जसका कारण विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाइ छाड्ने गरेका थिए। अहिले भरतपुर महानगरपालिकाले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएपछि ८ पास गरेर पढाइ छाड्नुपर्ने बाध्यता हटेको हो।

अहिले विद्यालयमा कक्षा ९ को पढाइ सञ्चालन भइरहेको प्रधानाध्यापक मुक्ति ढुङ्गानाले जानकारी दिए। कक्षा थप भएपछि ८ पास गरेर विद्यालय छाड्ने क्रम रोकिएको उनको भनाइ छ। ‘यहाँ पढेपछि कविलास र भरतपुरको बजार क्षेत्रमा नै जानुपर्छ। त्यहाँ जान यहाँका गरिब चेपाङ समुदायलाई सहज थिएन्। कक्षा ८ पास गरेपछि एकाधबाहेक सबैले विद्यालयको पढाइ छाड्थे’, उनले भने, ‘अब १० कक्षासम्म भएपनि यहाँ पढ्न पाउने भएका छन्।’

चौकीडाँडा नारायणगढ(मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दूरीमा छ। यहाँका शिक्षकलाई महानगरपालिकाले दुर्गम भत्ता मासिक दुई हजार दिने गरेको महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बताए। चौकीडाँडाको विद्यालयको भौतिक सुधार र शिक्षकलाई प्रोत्साहन गर्ने योजना महानगरपालिकाको रहेको उनको भनाइ छ।

यहाँ शिक्षकलाई बस्नका लागि आवासको व्यवस्था छैन। विद्यालयका शिक्षकका बस्न आवासको व्यवस्था गरिदिन शिक्षक जीवन अर्यालले आग्रह गरे। चौकीडाँडामा लिफ्टमार्फत खानेपानी पुगे पनि विद्यालयमा नआएको उनको भनाइ छ।

भरतपुर महानगरपालिकाले कक्षा थपेपछि भवन निर्माण गर्न लागेको महानगर प्रमुख रेनु दाहालले बताइन्। सो भवन निर्माण गर्न ४१ लाखमा ठेक्का दिइएको छ। आगामी दिनमा कक्षा १२ सम्म पढाइ सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।

Previous Post

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

Next Post

जे कृष्णमूर्तिका केही अमर वाणीहरु

सम्बन्धित खबर

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

१७ साउन २०८३,
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
फिचर-ब्यानर

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

१७ साउन २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

१७ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ साउन २०८३,
पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
Load More
Next Post
प्रेमको अनुपस्थितिमा स्वतन्त्रता केवल विचार मात्र हो, जसको कुनै अर्थ छैन – जे. कृष्णमूर्ति

जे कृष्णमूर्तिका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In