• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

    पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

    स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

    स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

    इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

    इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

    ४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

    ४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

छाडा पशुबाट बाली जोगाउनै हम्मे

by
१२ भदौ २०८०,
0
छाडा पशुबाट बाली जोगाउनै हम्मे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली ।जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर् याउन थालेपछि किसान समस्यामा परेका छन्।

किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पुर्‍याएको गुनासो गरे। ‘छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ’, उनले भने, ‘धानबाली पसाउन थालेको छ। यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन्।’

छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको जानकी–३ का किसान वीरेन्द्र कुँवरले बताए। ‘केही दिनअघि पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर सखाप पारे’, उनले भने, ‘त्यसपछि बाली कुर्न थालेका छौँ, तारबार लगाएको बाली पनि पशु पसेर सखाप पार्न थाले।’ पशुले बाली सखाप पार्ने भएपछि कतिपयले खेती लगाउन छाडेका छन्।

छाडा पशु यस क्षेत्रमा दीर्घकालीन समस्याका रूपमा स्थापित हुँदै आएको छ। व्यवस्थापनका लागि केही प्रयास भएका छन्। छाडा पशु व्यवस्थापनका लागि अस्थायी टहरा निर्माणदेखि पालनपोषणका लागि केही कार्य गरेका छन् । ‘सिजनल’रूपमा तत्कालीन समस्या समाधानको प्रयास भए पनि यसको दीर्घकालीन व्यवस्थापन नहुँदा छाडा पशुको समस्या उस्तै रहेको अर्का किसान गणेश उपाध्यायको गुनासो छ।

छाडा पशुको समस्या समाधानका लागि गत वर्ष गाउँपालिकाले २५ लाख बजेट विनियोजन गरेको थियो भने यस आर्थिक वर्षमा पनि सोही बराबरको रकम विनियोजन गरेको छ। तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन समस्या निराकरणका लागि गाउँपालिकाले सबै पक्ष र सरोकारवालासँग छलफल र समन्वय गरिरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताए।

‘गाउँपालिकाले पशु व्यवस्थापनका लागि सामुदायिक वनसँग समन्वय र जग्गाको खोजी गरिरहेको छ। व्यवस्थापनका लागि सामुदायिक वनसँग प्रस्ताव राखिएको र व्यवस्थापनको जिम्मेवारी लिन चाहनेलाई प्रस्तावसहित आउन आह्वान गरेका छौँ’, उनले भने, ‘जग्गाको खोजी गर्दैछौँ, कसरी व्यवस्थापन गर्ने भनी गृहकार्य सुरु भएको छ। जग्गाका लागि सामुदायिक वनसँग सहकार्य कसरी गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ।’

जानकी गाउँपालिकामा करिब एक हजार बढी छाडा पशुचौपाया रहेका छन्। छिमेकी पालिकाबाट आउने पशु नरोक्दासम्म दीर्घकालीन समस्या समाधान नहुने स्थानीय बताउँछन्। कैलालीको टीकापुर नगरपालिकाले भने गौशाला सञ्चालनमा ल्याएको छ। नगरपालिकाले सञ्चालन गरेको गौशाला हाल स्थानीयले व्यवस्थापन समितिमार्फत सञ्चालनको जिम्मा लिएका छन्। गौशालामा करिब ६०० पशु रहेको बताइएको छ।

Previous Post

उत्तर कोरियाले बल्ल हटायो कोभिड प्रतिबन्ध

Next Post

अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारीलाई पक्राउ

सम्बन्धित खबर

चोरीपछि सुनौलो हेलमेट फिर्ता
अन्तर्राष्ट्रिय

चोरीपछि सुनौलो हेलमेट फिर्ता

२१ चैत्र २०८२,
साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान
आवाज

साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

२१ चैत्र २०८२,
पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने
समाचार

पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने

२१ चैत्र २०८२,
स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन
समाचार

स्वीकृत दरबन्दी विवरण ३ दिनभित्र पेस गर्न संघीय मामिला मन्त्रालयले निर्देशन

२१ चैत्र २०८२,
इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान
अन्तर्राष्ट्रिय

इरानले खसाल्यो अमेरिकी एफ-१५ लडाकु विमान

२१ चैत्र २०८२,
४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव
समाचार

४ दिनअघि महाकालीमा बेपत्ता चन्द भारतमा मृत भेटिए, एसएसबीले फेला पार्‍यो शव

२१ चैत्र २०८२,
Load More
Next Post
अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारीलाई पक्राउ

अमेरिकालाई सूचना दिएको आरोपमा अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारीलाई पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In