१. विश्वमा जलस्रोतको प्रथम धनी राष्ट्र भनी कुन देशलाई चिनिन्छ ?
– ब्राजिल ।
२. कुन देशलाई नाइल नदीको बरदान भनिन्छ ?
– इजिप्ट ।
३. तीनतिरबाट पानी र एकतिरबाट जमिनले घेरिएको भूभागलाई के भनिन्छ ?
– प्रायद्वीप ।
४. युरोप महादेशको सर्वाेच्च शिखर माउण्ट एलब्रुज कुन देशमा पाइन्छ ?
– रसिया ।
५. लण्डन सहर कुन नदीको किनारामा रहेको छ ?
– थेम्स ।
६. युरोप र एसिया महादेशलाई संयुक्त रुपमा के नामले चिनिन्छ ?
– युरेसिया ।
७. कुन महादेशलाई कङ्गारुको महादेशको उपनामले समेत चिनिन्छ ?
– अष्टे«लिया ।
८. पाताल कुवाका लागि विश्वमा प्रसिद्ध महादेश कुन हो ?
– अष्ट्रेलिया ।
९. समुद्रको गहिराई नाप्न प्रयोग गरिने यन्त्रको नाम के हो ?
– फेदोमिटर ।
१०. प्रशान्त महासागर कुन आकारको छ ?
– त्रिभूजाकार ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













