डो सकिएर गर्मी लाग्दा होस् वा गर्मी सकिएर जाडो, मौसम परिवर्तनका समयमा धेरैलाई रुघामर्की, खोकी वा भाइरल बिरामी लाग्छ । तापक्रममा परिवर्तन आएसँगै त्यससँग सम्बन्धित अनेकथरीका भाइरस उब्जिन्छन् अनि यिनै भाइरसले मानिसलाई बिरामी बनाउँछन् ।
मौसम परिवर्तनसँगै तापक्रममा आएको बदलाबका कारण शरीरको रोगप्रतिरोधात्मक क्षमता आफैं घट्दै जान्छ । यसैले मानिसलाई छिट्टो बिरामी बनाउँछ । मौसम परिवर्तन हुँदा टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने र थकावट हुने समस्या आइलाग्छन् ।
राइनोभाइरस र कोरोनाभाइरसले गर्मी र जाडोमा मानिसलाई बिरामी बनाउन मुख्य भूमिका निर्वाह गर्छन् । यो इन्फ्लुएन्जा एकदम छिटो फैलिन्छ र मानिसलाई रुघाखोकी तथा बिमारी बनाउँछ । यस्ता परिस्थितिमा मानिसलाई पूर्ण रूपमा सामञ्जस्य मिलाउन गाह्रो पर्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस यस्ता रोगको छिट्टै शिकार हुन पुग्छन् ।
स्वास्थ्यका लागि पौष्टिक भोजन, सरसफाइ र नियमित कसरतमा ध्यान दिइएन भने मौसम बदलिनेबित्तिकै बिरामी परिन्छ । यस्ता समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा भिटामिन सी र डी युक्त खानाहरुको मात्रा बढाउनुपर्छ । अनि फलफूल तथा तरकारी प्रशस्त खानुपर्छ ।













