व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । तनावले मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । तनावका संकेतहरू के के हुनसक्छन् भनेर यहाँ चर्चा गरिएको छ—
– कुनै काम गर्न मन नलाग्ने, केहीमा रुचि नहुने, कुनै कुराले खुशी नदिने र पीडाको अनुभव पनि नहुने स्थिति आएमा तनाव भएको थाहा हुन्छ ।
– तनावका कारण कामेच्छामा परिवर्तन आउन थाल्छ ।
– निद्रामा कमी आउनु पनि तनावको एक संकेत हो । व्यक्ति सुत्ने बेलामा पनि सोचविचार गरिरहन्छ, यो नै तनावको मुख्य कारण हो । यसकारण उसलाई कि त निद्रा लाग्दैन कि त घन्टौं निद्रा लाग्छ ।
– तनाव अर्थात् डिप्रेसनले मानिसलाई थाहै नदिई तौलमा तलमाथि पारिरहेको हुन्छ । प्रायः गरेर भोक कम हुँदै जान्छ र कहिलेकाहीँ ह्वात्तै बढ्छ ।
– तनावका कारण कपाल झर्न थाल्छ । कपाल धेरै झरेमा वा माथि उल्लेखित संकेतहरु मिल्दै गएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।













