• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा पनि ‘फड्के’को बाध्यता

by
२९ साउन २०८०,
0
झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा पनि ‘फड्के’को बाध्यता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन । झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा अहिले पनि नागरिकहरु जोखिम मोलेर काठको फड्के तर्न बाध्य छन् ।

हिउँदको समयमा खोला तथा खहरेखोलामा पानीको बहाव कम हुँदा सहजै वारपार गरे पनि बर्खामा खोला भने जोखिम मोलेरै खोला तर्न बाध्य हुन्छन् ।

बागलुङको सुगमदेखि दुर्गमसम्मका विभिन्न बस्तीका नागरिक अहिले पनि पुल नहुँदा घण्टौँ लगाएर लामो यात्रा गरिरहेका छन् ।

कतिपय ठाउँमा स्थानीयवासीले जनश्रमदान गरी काठको फड्के बनाएर वारपार गर्ने गरेका छन् । फड्केमा वारपार गर्न निकै जोखिम हुन्छ ।

वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गलकोट नगरपालिका–२ मा स्थानीय खानीखोलामा पड्के बनाएका वारपार गरिरहेका छन् । वर्षौँदेखि यहाँ पुल निर्माणका लागि सरोकारवाला निकायलाई माग गरे पनि अहिलेसम्म चासो नदिएको स्थानीयवासी घनबहादुर रानाले गुनासो गरे । खानीखोला हिउँदमा निकै सानो हुने हुँदा बालबालिका पनि तर्नसक्ने भन्दै बर्खामा कोही वारपार गर्न नसक्ने उनको भनाइ छ ।

खोला बढेपछि आफूहरुले जङ्गलबाट काठ ल्याएर फड्के बनाएर अहिले वारपार गरिरहेको रानाले बताए । “यो खोलामा पुल बनाउनका लागि धेरै पटक माग गरियो, अहिलेसम्म पुल बनेको छैन”, उनले भने, “बर्खामा धेरै गाह्रो हुने, केटाकेटीलाई एक्लै विद्यालय पठाउन डर, हामी पाका मान्छेलाई त फड्के तर्दा कतै खोलामा खसिन्छ कि भन्ने डर हुन्छ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गलेकाट क्षेत्रमा धेरै खोलानाला भएको हुँदा एकै पटक सबैतिर झोलुङ्गे पुल निर्माण गर्न नसकेको बताए ।

वडा नं २ को खानीखोला खोलामा पुल निर्माणका लागि योजना छनोट गर्ने बेला प्राथमिकतामा राखेर प्रदेशमा बजेट मागे गरेको भन्दै केही समयमै यहाँ पुल निर्माण गर्ने भण्डारीको भनाइ छ ।

खानीखोलामा बर्खामा मध्यपहाडी लोकमार्गको भल सबै यही मिसिने हुँदा पानीको सतह बढेर वारपार गर्न कठिनाइ हुने गरेको उनि बताउछन् ।

“गलकोट क्षेत्रमा धेरै ठाउँमा पक्की तथा झोलुङ्गे पुल निर्माण भएका छन्, पालिकाले सबैतिर एकै पटक पुल बनाउने क्षमता हुँदैन ।

सीमित स्रोतसाधान प्रयोग गरेर काम गर्नुपर्ने बाध्यता छ, तर प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर आवश्यक स्थानमा पुल निर्माण गर्छौँ, त्यो राम्रो प्राथमिकतामा छ”, उनले भने ।

निसीखोला, तमानखोला, भूजीखोला, काठेखोला, ताराखोला, बडिगाडलगायत बागलुङमा ठूलाठूला खोला छन् । यी खोलाका धेरै ठाउँमा झोलुङ्गे पुल निर्माण भइसकेको छन् ।

अझै धेरै निर्माण हुनुपर्ने आवश्यक देखिन्छ । ओल्लो गाउँ र पल्लो गाउँ देख्दा नजिक देखिन्छन् तर बीचमा रहेका खोलाको कारण वारपार गर्न घण्टौँ लाग्ने गर्दछ ।

निसीखोला गाउँपालिका–४ झिम्पा र वडा नं ५ कारीगाउँ नजिकै पर्छन् । तर बीचमा पुल नहुँदा वारिपारी गर्न आधा ४५ बढी समय लाग्ने स्थानीय कमल विकले बताए ।

कारीखोलामाथि पुल निर्माण भए तीन मिनेटमै वरपार गर्न सकिने बताउछन् । अहिले खोलामा बनाइएको साँघु तरेर वारपार गरिरहेको उनको भनाइ छ ।

“दुई गाउँ एकैपट्टी छन्, बीचमा खोला हुँदा आउँजाउ गर्न एक घण्टा बढी लाग्छ, स्थानीयको जग्गाजमिन वारपार छन्, फसल ल्याउँदा सास्ती हुन्छ, यहाँ पुल भएको हुन्थ्यो भने हामीलाई धेरै सजिलो हुन्थ्यो”, उनले भने ।

कारिखोलामाथि झोलुङ्गे पुल निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा सर्भे भएर काम सुरु भए पनि बजेट कटौटी हुँदा पुल बन्न सकेको छैन । चालु आर्थिक वर्षमा पुल निर्माण सम्पन्न गर्ने निसीखोला गाउँपालिकाले जनाएको छ ।

Previous Post

भदौ ५ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै भगवती हाइड्रोपावर

Next Post

कांग्रेस बैठकः संसद् खुलाउन अन्य दलसँग छलफल गर्ने

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
कांग्रेस बैठकः संसद् खुलाउन अन्य दलसँग छलफल गर्ने

कांग्रेस बैठकः संसद् खुलाउन अन्य दलसँग छलफल गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In