• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मजदुर भन्छन् –‘दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो’

by
१४ कार्तिक २०७९,
0
मजदुर भन्छन् –‘दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिहानको मिरमिरे उज्यालोसँगै गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए।पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका – ७ दैलातुंगका गजवीरको गत २०७८ फागुनमा गोठ आगलागी भएको थियो। ‘पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै छु,’ उनले भने।

यहाँ ३२ घर बोटेमाझीको बस्ती छ। गजवीर, बोटे समुदायका अगुवा हुन्।८२ वर्षीय गजवीरले नेपालको राजनीतिक व्यवस्था फेर्न यो क्षेत्रबाट अगुवाइ गरेका थिए। पञ्चायतकालमा जनतापक्षबाट अगुवाइ, ०४७ मा बहुदलको आन्दोलन र ६२–६३ मा जनआन्दोलनको नेतृत्व गरेका गजवीर आफ्नै छाक टार्न समेत जोहो गर्न नसक्ने अवस्थामा पुगेका छन्।

६८ वर्षीया श्रीमतीसँगै बस्दै आएका गजवीरका छ छोरा र चार छोरी छन्। तर उनीहरू कुनै पनि साथमा छैनन्। यो बस्ती कालीगण्डकी नदी किनारमा अवस्थित छ। यहाँका बोटे समुदायले डुंगा तार्ने काम गर्थे। दैलातुंगदेखि पाल्पाको बगनासकाली, तानसेन तथा स्याङ्जाको कालीगण्डकी र गुल्मीसम्मका मानिस कालीनदी तरेर जान्थे। गजवीरले १३ वर्षको उमेरदेखि डुंगा तार्ने काम गर्दै आएका थिए।

तीन वर्षअघिसम्म यहाँको कालीगण्डकी नदीमा आजकल जस्तो पुल थिएन। सर्वसाधारणलाई नदी वारिपारि गर्न डुंगाको सहारा लिनुपर्थ्यो। मान्छेलाई वारिपारि गराएर स्थानीय बोटे समुदायको घरमा चुलो बल्थ्यो। अहिले कालीगण्डकी नदीमा पुल बनेपछि गजवीरको डुंगा गण्डकी किनारमा फालिएको छ। उनको आम्दानीको स्रोत पनि बन्द भएको छ।

यहाँकै रूकबहादुर बोटे खुट्टामा चोट लागेपछि घरमै थला परेको चार वर्ष भयो। ६९ वर्षका रूकबहादुरलाई गाउँमा बाँदर धपाउन जाँदा लडेर चोट लागेको थियो। गाउँमै मेलापात र माछा मारेर दैनिकी चलाउँदै आएका उनले आफ्नो जीवनकालमा छ पटक संसदीय निर्वाचनमा भोट हालेका छन्।

‘पहिला पहिला त घर आएर भोट माग्थे, अहिले त आएका छैनन्,’ आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै उनले भने, ‘यहीँ माथिबाट नेताहरूको गाडी जान्छ, गाउँमा पस्दैनन्।’

रूकबहादुरको घर नजिकै खानीगाउँ दैलातुंग–स्याङ्जा–विर्गा जोड्ने मोटरबाटो छ।अन्य समुदायका घरमा टिनको छानो लगाइएको छ भने बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन्। वैदेशिक रोजगारीका अतिरिक्त पुरुषहरू सिकर्मीरडकर्मी काम गर्ने, वल्लोपल्लो घरमा ज्याला मजदुरीमा काम गर्न जान्छन्। महिलाहरू छिमेकीका घरको कामधन्दासँगै उनीहरूका खेतबारीको काम गर्छन्। यहाँका बोटे समुदायसँग उनीहरूलाई गरिखान पुग्ने जमिन छैन।

‘उब्जाएको उत्पादनले खान पुग्दैन, किनेर खान पैसाले पुग्दैन,’ स्थानीयवासी पवित्रा बोटेले भनिन्, ‘हामीलाई के नै चाहिएको छ र १ दुई छाक खान पुग्ने व्यवस्था भइदिए हुन्थ्यो भन्ने त हो।’

बोटे बस्तीमा सरकारले जनता आवास कार्यक्रमबाट घर बनाइदिएको थियो। पवित्राका अनुसार ३२ घर बोटे परिवार रहेको बस्तीमा आठ वटा मात्र घर बनेका छन्। बाँकी झुपडी र टिनको छाप्रो हुन्।

कुल जनसंख्याको ०।५ पाँच प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ। नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन्। यसमा बोटे र माझी पनि पर्छन्।

पाल्पा सदरमुकाम तानसेनबाट झन्डै १५ किलोमिटर उत्तरमा रहेको खानीगाउँको दैलातुंग र वडा नम्बर ६ स्थित यम्घाको दर्पुकमा सीमान्तकृत बोटे समुदाय बस्छन्। यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन्। दैलातुंगमा बोटे समुदायका ३२ घर र दर्पुकमा ८० घर छन्। अहिले दैलातुंगमा बोटे समुदायको जनसंख्या १५० छ भने दर्पुकमा तीन सय ५० हाराहारीमा छ।

त्यस्तै तानसेन नगरपालिकाको बौघागुम्हा, रामपुर नगरपालिकाको रामपुर र दर्छा तथा रम्भा गाउँपालिकाको हुँगीमा पनि बोटे समुदायको बसोबास छ। यी सबै बस्ती कालीगण्डकी किनारमै पर्छन्।

विसं २०६८ सालको जनगणनाअनुसार देशभर बोटे जातिको जनसंख्या १० हजार छ। पाल्पामा आठ सय तीन छ। पाल्पाबाहेक चितवन, उदयपुर, मकवानपुर, तनहुँ लगायतका जिल्लामा बोटे जातिको बसोबास पाइन्छ।

Previous Post

अर्को चुनावसम्म विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन पहल गर्ने देउवाको वचन

Next Post

सोमालियामा कार बम विस्फोट, १०० जनाको मृत्यु

सम्बन्धित खबर

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
Load More
Next Post
सोमालियामा कार बम विस्फोट, १०० जनाको मृत्यु

सोमालियामा कार बम विस्फोट, १०० जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In