सबभन्दा बढी विषालु सर्प हाइड्रो फिसवेयलर नामक समुद्री सर्पलाई मानिन्छ । नेपाल तथा भारतमा पाइने सर्प करेत, कोबरा तथा गोमनलाई पनि सर्वाधिक विषालु मानिन्छ । तर सबै सर्प विषालु हुँदैनन् । हालसम्म पृथ्वीमा २,४०० भन्दा बढ सर्पका विविध प्रजातिहरु पाइएका छन् । यीमध्ये १० प्रजातिका सर्पहरु विषालु हुँदैनन् ।
सर्पहरु प्रायः दुलोभित्र बसिरहन्छन् र आहारको समयमा मात्र बाहिर निस्कन्छन् । एक पटक टन्न खान पाएपछि १–२ महिनासम्म नखाइकनै बसिरहन पनि सक्छन् । सर्पका दुइटा जिब्रा हुन्छन् र आँखा कहिल्यै झिम्क्याउँदैन ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













