• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

by
१८ साउन २०८०,
0
पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका सेवा सुविधा खोज्दै जिल्लाको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसङ्ख्याको चाप बढेको हो ।

पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि दुईवटा स्थानीय तहको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या पनि विस्तारै घट्दो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षमा बढेको देखिन्छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेको बौदीकाली र बुलिङटार गाउँपालिकाको वृद्धि दर ऋृणात्मक रहेको छ । तथ्याङ्क कार्यालय नवलपुरले दिएको जानकारीअनुसार बौदीकालीको जनसङ्ख्या वृद्धिदर ऋणात्मक तीन दशमलव १४ र बुलिङटारको जनसङ्ख्या वृद्धिदर ऋणात्मक दुई दशमलव ५७ रहेको छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा १९ हजार एक सय २२ जनसङ्ख्या रहेको बुलिङटार गाउँपालिकाको जनसङ्ख्या १० वर्षमा घटेर १४ हजार छ सय ३७ पुगेको छ भने २०६८ मा १५ हजार सात सय ३४ जनसङ्ख्या रहेको बौदीकालीको जनसङ्ख्या १० वर्षमा घटेर ११ हजार तीन सय ३८ पुगेको छ ।

त्यसैगरी मुख्य राजमार्गले नछोएको अर्को स्थानीय तह हुप्सेकोट गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । विसं २०६८ को जनगणनामा २५ हजार ६५ जनसङ्ख्या रहेको हुप्सेकोटको जनसङ्ख्या १० वर्षपछि २०७८ मा २६ हजार पाँच सय ८३ पुगेको हो ।

यता पूर्व पश्चिम राजमार्गले छोएका स्थानीय तहको जनसङ्ख्या भने पछिल्लो १० वर्षमा बढेको देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकाको जनसङ्ख्या वृद्धिदर जिल्लामा सबैभन्दा बढी छ । राष्ट्रिय जनगणना २०७९ अनुसार तीन दशमलव १७ प्रतिशत वार्षिक वृद्धिदर रहेको कावासोतीको जनसङ्ख्या ८६ हजार आठ सय २१ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ मा कावासोती नगरपालिकाको जनसङ्ख्या ६२ हजार चार सय २१ रहेको थियो ।

जनसङ्ख्या बढ्ने स्थानीय तहको दोस्रो नम्बरमा देवचुली नगरपालिका देखिएको छ । दुई दशमलव ९७ प्रतिशत वार्षिक वृद्धिदर रहेको देवचुलीको जनसङ्ख्या ५८ हजार तीन पुगेको छ । विसं २०६८ मा देवचुलीको जनसङ्ख्या ४२ हजार ६३ रहेको थियो । दुई दशमलव ८७ प्रतिशत वार्षिक वृद्धिदर रहेको गैँडाकोट नगरपालिकाको जनसङ्ख्या २०७९ मा ७९ हजार तीन सय ४९ पुगेको छ । यहाँ दश वर्ष अगाडि ५८ हजार आठ सय ४१ जनसङ्ख्या रहेको थियो ।

त्यसैगरी राष्ट्रिय जनगणना २०७९ अनुसार मध्यविन्दु नगरपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव १६ प्रतिशत रहेको छ । विसं २०६८ को जनगणनामा ५४ हजार एक सय ४० जनसङ्ख्या रहेको यो नगरपालिकाको जनसङ्ख्या दश वर्षमा बढेर ६१ हजार ९१ पुगेको छ ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर एक दशमलव ४६ प्रतिशतले बढेको छ । विसं २०६८ को राष्ट्रिय जनगणनामा ३२ हजार नौ सय ४३ जनसङ्ख्या रहेको यहाँको जनसङ्ख्या दश वर्षमा बढेर ३८ हजार तीन सय ७० पुगेको छ ।

ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसङ्ख्या ऋणात्मक अवस्थामा पुगेको देखिएको हो । बढ्दो बसाइँसराइको कारणले पहाडमा जनसङ्ख्या घट्दै गएको र यो चिन्ताको विषय भएको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । “गाउँपालिकाले बसाइँसराइ रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिएको छ”, उनले भने, “गुणस्तरीय शिक्षा र रोजगारीका लागि मानिस बसाइँसराइ गरिरहेका छन्, यसलाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौँ ।”

उनका अनुसार गाउँमा नै व्यक्तिलाई मासिक रु ३० देखि ५० हजारसम्म आम्दानी गर्नसक्ने बनाउन कृषिमा आधारित रोजगार र शिक्षालाई सहज र गुणस्तरीय बनाउन गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको छ ।

गाउँमा किन जनसङ्ख्या घट्दै छ त्यसतर्फ स्थानीय तहले गम्भीर भएर सोच्नुपर्ने मध्यविन्दु बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक करुण लम्सालले बताए । “गाउँमा जनसङ्ख्या टिकाउने हो भने पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउनेतर्फ स्थानीय तह लाग्नुपर्छ”, उनले भने, “पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसङ्ख्या गाउँमा पनि टिक्छ ।”

Previous Post

नाइजरको प्रतिनिधिमण्डल मालीमा

Next Post

भारतीय प्रधानमन्त्री मोदीको फक्सकन अध्यक्ष यंग लिउसँग भेटवार्ता, भारतमा सेमिकण्डटर उत्पादन हुन सक्ने

सम्बन्धित खबर

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित
आर्थिक

निःशुल्क स्वास्थ्य शिविरमा १६८ जना दर्शनार्थी पर्यटक लाभान्वित

२० चैत्र २०८२,
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
जीवन शैली

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

२० चैत्र २०८२,
सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु
आर्थिक

सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ सुरु

२० चैत्र २०८२,
थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?
आर्थिक

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

२० चैत्र २०८२,
देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’
आवाज

देवीदहको पर्यटन प्रवर्द्धनका लागि ‘विष्णु महायज्ञ’

२० चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

२० चैत्र २०८२,
Load More
Next Post
भारतीय प्रधानमन्त्री मोदीको फक्सकन अध्यक्ष यंग लिउसँग भेटवार्ता, भारतमा सेमिकण्डटर उत्पादन हुन सक्ने

भारतीय प्रधानमन्त्री मोदीको फक्सकन अध्यक्ष यंग लिउसँग भेटवार्ता, भारतमा सेमिकण्डटर उत्पादन हुन सक्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In