• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, April 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    प्रोटिन कति सेवन गर्ने ?

    प्रोटिन कति सेवन गर्ने ?

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

    ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस

    ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

    प्रोटिन कति सेवन गर्ने ?

    प्रोटिन कति सेवन गर्ने ?

    स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था

    स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    चोरीपछि सुनौलो हेलमेट फिर्ता

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

केयूको ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

by
१८ साउन २०८०,
0
केयूको ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू) ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत अघिसारेको छ ।

केयूद्वारा बुधबार आयोजित ‘नेपालमा खानी इन्जिनियरको महत्व, उपयोगिता तथा शैक्षिक अनुसन्धान’ विषयक अन्तरक्रियामा उपकुलपति प्रा। डा। भोला थापाले नेपालको सुन्दरता जोगाइराख्न डाँडा बचाइ खानी सञ्चालन गर्ने प्रविधिका लागि खानी इन्जिनियरको आवश्यकता परेको बताए । उनले भने, ‘नेपालमा रहेका खानीजन्य उद्योगमा खानी इन्जिनियरको अभाव पूर्तिका केयूले एक स्थानीय तह, एक माइनिङ इन्जिनियरको अवधारणा अघि सारेको हो ।’

थापाका अनुसार केयूले चालु शैक्षिक सत्रदेखि भू–विज्ञान तथा ‘माइनिङ इन्जिनियरिङ’ को चारवर्षे अध्यापनको तयारी थालेको छ । उनले हाललाई काभ्रेपलाञ्चोकलगायत केही जिल्लाका स्थानीय तहले कम्तिमा एकजना भए पनि विद्यार्थीलाई माइनिङ इन्जिनियरिङ अध्ययनमा पठाउन आग्रह गरे ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले नेपालमा औँलामा मात्रै गन्न सकिने खानी इन्जिनियर रहेको उल्लेख गर्दै एक सय ६० प्रकारका खनिज उद्योग रहेको तथा उही संख्यामा अन्य बहुमूल्य खानीको सम्भावना रहेको बताए । ‘नेपालका खानीजन्य उद्योगमा कतै पनि माइनिङ इन्जिनियर छैनन्, विभागमा त चार जना मात्रै छौँ, यस विषयमा निकै अवसर छ’, उनले भने । उनले निर्माण सामग्रीबाट नेपालमा वार्षिक रु सात अर्ब राजस्व उठ्ने गरेको जानकारी दिँदै त्यस्ता सामग्री निर्यात गर्नसके वार्षिक रु १३ खर्ब आम्दानी भई एक वर्षमै वैदेशिक व्यापार घाटा पूर्ति गर्न सकिने बताए ।

नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष डा। विकास अधिकारीले नेपालका विश्वविद्यालयमा अध्ययन गरेको जनशक्ति विदेश पलायन भइरहेको समस्याको गहिरो अध्ययन जरुरी रहेकाले नेपालमा आवश्यक जनशक्तिका लागि नयाँ प्रविधियुक्त शिक्षणको आवश्यकता औँल्याए । ‘माइनिङ इन्जिनियरिङ विषय नयाँ खोज र अनुसन्धानात्क विषय पनि हो, यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ’, उनले भने । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले स्थानीय तहसँगको समन्वयमा माइनिङ इन्जिनियरको अध्ययनका लागि विद्यार्थी व्यवस्थापनमा जुट्ने बताए ।

विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागका प्रमुख डा। श्यामसुन्दर खड्काले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा आवश्यक खानी इन्जिनियर भारत र चीनबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न नेपालमै उक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

उनका अनुसार नेपालमा हालसम्म ७० वटा बहुमूल्य खानी दर्ता भएको तथा आठ प्रतिशतका दरले नेपालमा खानीजन्य उद्योग बढिरहेको छ । केयूले माइनिङ इन्जिनियरिङ अध्यापनका लागि आफ्नै कम्पाउण्डभित्र २३४ मिटर सुरुङ खनिरहेको खड्काले बताए । उनका अनुसार केयूका लागि प्रयोगशालामा आवश्यक पर्ने खानी सामग्री विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको छ ।

कार्यक्रममा स्कुल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनिष पोखरेलले विश्वविद्यालयमा खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुने बताए । उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० विद्यार्थीलाई अध्यापन गराउनेछ । उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ ।

यस्तै केयूले सुरु गर्न लागेको भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ षियलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो । विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङ्गमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध–बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुबी र नीलमणि) रहेको छ ।

खानी तथा भूगर्भ विभागले हालसम्म नेपालमा २१ किसिमका धातु खनिज, २३ किसिमका औद्योगिक खनिज, ६ किसिमका रत्नखनिज, नौ किसिमका निर्माणजन्य खनिज र चार किसिमका इन्धन खनिज गरी ६३ किसिमका खनिज रहेको तथ्य फेलापरेको जनाएको छ । कतिपय खनिजको विस्तृत अध्ययन भई परिमाणसमेत यकिन भइसकको छ भने कतिपय ठाउँमा खनिजमा आधारित उद्योगसमेत स्थापना भए र हुने क्रममा रहेको छ ।

Previous Post

उच्छृङ्खल गतिविधि गर्ने पाँचजना पक्राउ

Next Post

ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आर्थिक

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

२१ चैत्र २०८२,
ट्रम्प र सीले यस हप्ता ‘सम्भवतः’ कुरा गर्नेछन् : ह्वाइट हाउस
अन्तर्राष्ट्रिय

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

२१ चैत्र २०८२,
प्रोटिन कति सेवन गर्ने ?
समाचार

प्रोटिन कति सेवन गर्ने ?

२१ चैत्र २०८२,
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
आवाज

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

२१ चैत्र २०८२,
चोरीपछि सुनौलो हेलमेट फिर्ता
अन्तर्राष्ट्रिय

चोरीपछि सुनौलो हेलमेट फिर्ता

२१ चैत्र २०८२,
साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान
आवाज

साहित्यकार कृष्ण धरावासीलाई दीर्घसेवा सम्मान

२१ चैत्र २०८२,
Load More
Next Post
ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु

ब्राजिलमा लागूऔषध गिरोहमाथिको कारबाहीमा ४५ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In