• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गृहमन्त्री श्रेष्ठमाथि ओलीको आरोपैआरोप, संसद् तत्काल नखुल्ने संकेत

by
१४ साउन २०८०,
0
गृहमन्त्री श्रेष्ठमाथि ओलीको आरोपैआरोप, संसद् तत्काल नखुल्ने संकेत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले तत्काल संसद् नखुल्ने संकेत गरेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै एमालेले साउन १० गते संसद् अवरोध गरेको थियो । संसद् बैठक साउन १५ गते बोलाइएको छ । तर सोमबारको बैठक पनि अवरुद्ध गर्ने संकेत ओलीले गरेका छन् ।

शनिबार बाँकेको नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रममा उनले अहिलेको सरकारबाट भ्रष्टाचार निवारणको कल्पना गर्न नसकिने जिकिरसमेत गरे । सरकारको मिलेमतोमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको आरोप लगाएका छन् ।

ओलीले अहिलेको गठबन्धन सरकारलाई गन्तव्यविनाको यात्रीको संज्ञा दिए । ‘अहिलेको सरकारको न कुनै गन्तव्य छ, न त के काम गर्ने नीति र उद्देश्य छ,’ उनले भने, ‘यो सरकार मिलिजुली, बाँडिचुँडी खानका लागि बनेको हो । यो सरकारबाट आशा गर्नुको कुनै अर्थ छैन ।’

सरकारको संलग्नता र संरक्षणमा सुन तस्करी भइरहेको आरोप लगाउँदै उनले अन्तर्राष्ट्रिय एयरपोर्टबाट एक क्विन्टल सुन छिराउने चानचुने कुरा नभएको बताए । ‘बाहिरी देशबाट आएकाहरू एयरपोर्टको अत्याधुनिक मेसिन र तालिम प्राप्त मान्छेले जाँच गरेपछि मात्र बाहिर आउन पाउँछन् । सर्वसाधारणले एउटा सियो छिराउन नसक्ने ठाउँबाट एकैसाथ एक क्विन्टल सुन छिर्नु सामान्य कुरा होइन ।

सरकारको संलग्नता र संरक्षणविना यो सम्भव हुने कुरै भएन,’ उनले भने, ‘सय केजी सुन भित्रिएकोबारे जाँचबुझ गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेर वास्तविक कुरा बाहिर ल्याउनुपर्छ । नत्र एमालेले सदन र सडक तताउनेछ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एक क्विन्टल सुन भित्र्याउन सघाउने गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने धारणा राखे । उनले सुन भित्रिनुमा गृहमन्त्री मुख्य दोषी भएको औँल्याए । ‘नैतिकता भएको भए सुन बरामद भएकै दिन गृहमन्त्रीले राजीनामा दिनुपथ्र्यो । तर, उहाँले लाजसरम नमानेर घटना ढाकछोप गर्दै उल्टै विपक्षीलाई गाली गर्ने र बदनाम गर्दै हिँडिरहनुभएको छ । लाजसरम छ भने गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने ।

Previous Post

बागमतीमा लक्ष्यभन्दा नौ अर्ब ४३ करोड कम राजश्व संकलन

Next Post

‘अपाङ्गतामैत्री भएन सभाहल, ह्वीलचियरमा जान सकिँदैन’

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
‘अपाङ्गतामैत्री भएन सभाहल, ह्वीलचियरमा जान सकिँदैन’

‘अपाङ्गतामैत्री भएन सभाहल, ह्वीलचियरमा जान सकिँदैन’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In