• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल

    अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

    पिरोमा ‘गुलियो’ खुसी

    पिरोमा ‘गुलियो’ खुसी

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विदेश भ्रमणमा मन्त्री र सचिवको लर्को

by
१३ साउन २०८०,
0
विदेश भ्रमणमा मन्त्री र सचिवको लर्को
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन ११ । सरकारले सार्वजनिक खर्चमा कटौती गर्न विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ। मन्त्री एवं सचिवहरूले नै यस निर्णयको लगातार उल्लंघन गरिरहेका छन्।

यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा। वेदुराम भुसाल, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा। जयकान्त राउतलगायतका उच्च व्यक्ति विदेश भ्रमणमा छन्।

प्रधानमन्त्री दाहाल शनिबार इटालीतर्फ प्रस्थान गरेका थिए। साउन ८ देखि १० सम्म आयोजना हुने संयुक्त राष्ट्रसघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन दाहाल इटाली प्रस्थान गरेका थिए। दाहालसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री भुसाल तथा प्रधानमन्त्रीपुत्री गंगा दाहाल पनि भ्रमण टोलीमा सहभागी छन्। दाहाल र उनको टोली शुक्रबार बिहान मात्र स्वदेश फर्कने तय भएको दाहालको सचिवालयले जनाएको छ।

भौतिक पूर्वाधारमन्त्री ज्वाला एउटा जम्बो टोलीको नेतृत्व गर्दै जापान भ्रमणमा छन्। उनीसँग भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्मा तथा मन्त्रीका पिए सन्तोष बिसी पनि सहभागी छन। यसैगरी ज्वालाको टोलीमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल र उपमहानिर्देशक विजय जैसी भ्रमण टोलीमा सहभागी छन्। यसैगरी उक्त टोलीमा सडक विभागमातहतको यान्त्रिक महाशाखाका प्रमुख भुवन अधिकारी तथा सुरुङमार्ग आयोजनाका प्रमुख नवीनमान श्रेष्ठ सहभागी भएका छन्। सुरुङ मार्गसम्बन्धी अध्ययन तथा अवलोकन गर्ने कार्यक्रममा मन्त्रीको टोली जापान पुगेको हो। उक्त टोली एक साताभन्दा लामो भ्रमण पूरा गरेर साउन १४ गते मात्र फर्कने कार्यक्रम रहेको छ।

यसैगरी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि विदेश भ्रमणमा छन्। सौर्यसम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा सहभागी हुने भन्दै बस्नेत आइतबार युनाइटेड अरब इमिरेट्स युएई गएका थिए। उनको विदेश भ्रमण करिब एक साताव्यापी हुने भएको छ। गत जेठमा भएको प्रधानमन्त्रीको भारत भ्रमणमा पनि बस्नेत भ्रमण टोलीमा सहभागी थिए।

अर्थ मन्त्रालयका अनुसार मन्त्री तथा सचिवको असार महिनाको विदेश भ्रमणको कार्यक्रम गणना गरिसाध्य छैन। मन्त्रालय स्रोतका अनुसार अधिकांश विदेश भ्रमण बजेट सिध्याउन तथा रिफ्रेस हुने उदेश्यबाट गरिएका थिए। नजाँदा पनि हुने अथवा आफूमातहतका कर्मचारीलाई पठाए हुने कार्यक्रममा समेत मन्त्री तथा सचिवहरूले विदेश भ्रमणमा जाने इच्छा देखाएको देखियो’, अर्थ मन्त्रालयका एक कर्मचारी भन्छन्।

यही असारमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण गरेर फर्किए। यसैगरी असारमै उपप्रधानमन्त्रीले नेतृत्व गरेको अर्को टोली ओमन भ्रमणमा गएको थियो। उक्त टोलीमा श्रममन्त्री भण्डारी पनि सहभागी भएका थिए।

यसैगरी असारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, सहरी विकासमन्त्री सीता गुरुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलगायतका मन्त्री विदेश भ्रमण गए। बिमस्टेक व्यापार सम्मेलनमा सहभागिता हुन रिजाल बंगलादेश पुगेका थिए भने युनाइटेड नेसन्स हेबिट्याट एसेम्बलीसम्बन्धी कार्यक्रममा सहभागी हुन सहरी विकासमन्त्री सीता गुरुङ केन्या पुगेकी थिइन्। यसैगरी भण्डारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्यान्ड तथा लिम्बु एक कार्यक्रममा सहभागी हुन श्रीलंका पुगेका थिए।

सरकारी टोलीमा सहभागी भई विदेश भ्रमणमा जाने टोलीमा मन्त्रीले दैनिक २ सय ५०, सचिवहरूले दैनिक २ सय २५ तथा सहसचिवहरूले १ सय ७५ डलर दैनिक भ्रमण भत्ता पाउने कानुनमा बेवास्ता गरिएको छ। नागरिक दैनिकबाट

Previous Post

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

एलपी ग्यासको आयातमा कमी

सम्बन्धित खबर

रास्वापाले विदेश नीतिमा ठुलो परिवर्तन गर्दैन, भारत, चीन र अमेरिकासँग मित्रवत् र सुमधुर सम्बन्ध रहन्छ : शिशिर खनाल
आवाज

अन्तर्वार्ता : सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

१८ असार २०८३,
पिरोमा ‘गुलियो’ खुसी
आवाज

पिरोमा ‘गुलियो’ खुसी

१८ असार २०८३,
ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
आवाज

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

१८ असार २०८३,
फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश
आवाज

फिफा विश्वकप २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

१८ असार २०८३,
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
आवाज

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

१८ असार २०८३,
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
समाचार

सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास

१८ असार २०८३,
Load More
Next Post
एलपी ग्यासको आयातमा कमी

एलपी ग्यासको आयातमा कमी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In