१. कुनै विचार, सिद्धान्त आदिबाट प्रभावित नभई स्वतन्त्र र निष्पक्ष रही काम गर्ने काम शिक्षाको कुन कार्यले गर्दछ ?
– तटस्थ कार्य ।
२. व्यक्तित्व र चरित्र निर्माण, नैतिक विकास, व्यावसायिक निपुणताजस्ता कार्य शिक्षाको कुन कार्यले गर्दछ ?
– व्यक्तिगत विकास गर्ने कार्य ।
३. नागरिकताको विकास, नेतृत्व विकास, राष्ट्रिय एकता आदिको विकास कुन कार्यले गर्दछ ?
– राष्ट्रिय कार्य ।
४. आत्मानुभूति नै शिक्षा हो । यो भनाई कसको हो ?
– शङ्कराचार्य ।
५. ‘शिक्षा मानिसका जन्मजात शक्तिहरुको स्वाभाविक सामान्जस्यपूर्ण र प्रगतिशील विकास हो ।’ यो भनाइ कुन शिक्षाविद्को हो ?
– पेस्तालोजी ।
६. शिक्षा जीवन हो, जीवन भनेको वृद्धि हो, त्यसैले शिक्षा भनेको वृद्धि हो ।’ यो भनाइ कुन शिक्षाविद्को हो ?
– जोन डिवे ।
७. नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो राष्ट्र बेलायत हो भने दोस्रो राष्ट्र कुन हो ?
– संयुक्त राज्य अमेरिका ।
८. भारतपछि कुन सार्क राष्ट्रसँग नेपालको दौत्य सम्बन्ध कायम भएको थियो ?
– श्रीलंका ।
९. हरेक वर्ष संयुक्त राष्ट्रसंघीय महासभाको बैठक कहिले शुरु हुन्छ ?
– सेप्टेम्बर महिनाको तेस्रो मंगलबार ।
१०. संयुक्त राष्ट्र संघका संस्थापक राष्ट्र कतिवटा हुन् ?
— ५१ वटा ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













