ओठ कडा, फुस्रो, गाढा कालो, चिरा परेको र तीव्र वेदनायुक्त हुनु, ओठबाट रगत निस्कनु, ओठ पाक्नु, पीप निस्कनु, जलन, पीडा एवं चिलाउने भएमा निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ—
घरेलु उपचार
१. घीउमा शुद्ध मैन तताएर सेक्नाले ओठका रोगहरु ठीक हुन्छन् ।
२. तेल, घीउ, मैन, बोसो आदि पदार्थहरुमा मैन तताएर सेक्नाले ओठ फुटेको ठीक हुन्छ ।
३. शीतल औषधिहरुको लेप लगाउनाले ओठ फुटेको ठीक हुन्छ ।
४. ग्लिसरिनमा कागतीको रस मिलाएर लगाउनाले फुटेको ठिक हुन्छ ।
५. ओठहरुमा चूर्ण, अवलेह (चाटने) आदि औषधीहरु औँलाले लगाउनाले ओठ फुटेको ठिक हुन्छ ।
साभारः ‘स्वास्थ्य खरपत्रिका’पुस्तकबाट













