१. आज साम्प्रदायिकताका साथ देशभित्र जातीयताको विष कसरी फिँजाइएको छ, के त्यो साम्प्रदायिकता भन्दा कम घातक छ ?
२. सरकार जबसम्म कालो धनको समस्याको प्रभावकारी समाधान निकाल्दैन तबसम्म जतिसुकै कानुन बनाइयून्, भूमि र गगनचुम्बी भवनको व्यापार फुलि र फलिरहनेछ ।
३. भ्रष्टाचारको अर्थ यदि यो हो कि स–साना माछा फँसाइयून् र ठूला गोही जालबाट फुत्कियून तब जनतामा विश्वास पैदा हुन सक्दैन ।
४. हामी यदि देशमा राजनीतिक र सामाजिक अनुशासन पैदा गर्न चाहन्छौँ भने त्यसका लागि भ्रष्टाचारको निराकरण आवश्यक छ ।
५. हामीलाई निष्कलंक नेतृत्व चाहिन्छ । तपाईंलाई थाहा छ यो भ्रष्टाचार फैलिएर कति निम्नस्तरसम्म पुगेको छ । हाम्रो बिहार प्रदेशमा जनावरको चारा समेत खाइएको छ ।
६. कालो धनले चुनाव लड्नु हुँदैन । यस्तो प्रबन्ध गरिनु पर्दछ । कठोरतम कदम उठाउनुपर्दछ । त्यसमा साथ दिन हामी तयार छौँ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













