एउटा लामखुट्टे र कमिला एकअर्कालाई खुब प्रेम गर्थे । यो कुरा कमिलाको बाबुले चाल पाएछ । त्यसैले उसले कमिलाको विवाह हात्तीसँग गरिदिएछ । एक वर्षपछि हात्ती र कमिला बजार गए । बजारमा कमिलाको भेट पूर्वप्रेमी लामखुट्टेसँग भएछ । हात्ती एकातिर गएको मौका पारेर लामखुट्टेले कमिलासँग आफूसित भाग्ने प्रस्ताव राख्यो । कमिलाले भन्यो— नाईँ, अब म तिमीसँग जान्नँ । मेरो पेटमा हात्तीको बच्चा छ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













