एक जना अचम्मकी महिला छिन्, जसले हरेक वस्तु हामीले देख्नेभन्दा ठीक उल्टो देख्छिन् । सामान्य मान्छेको आँखाले जुनसुकै वस्तु पनि उल्टो देख्छ ऐनामा हे¥यो भने चाहिँ सुल्टो वस्तु उल्टो देखिन्छ ।
सर्बियाकी एक महिलाको आँखाले ठीक त्यसैगरी ऐनामा हेरेझैँ हरेक वस्तुलाई उल्टो देख्छ । बोजना डानिलोविकको दृष्टि अचम्मको छ । उनी एक सरकारी कर्मचारी हुन् । उनी आफ्नो यो दुर्लभ समस्याका कारण कत्ति पनि विचलित भइनन् । उनले आफ्नो अफिसमा कम्युटरको मनिटर पनि उल्टो राखिन् । फाइलहरु पनि उल्टो बनाएर मात्र पढ्न सक्छिन् । घरमा पनि उनको लागि छुट्टै टिभी थियो, जुन उल्टो अर्थात तल फर्काएर राखिएको थियो ।
उनी कसरी यस्तो उल्टो मात्र देख्ने भइन् ? डाक्टरहरुका अनुसार, यो एक स्नायुगत समस्या हो, जसको उपचार सम्भव छैन ।
साभार ः ‘रोचक तथ्य’ पुस्तकबाट