चिनिया, जापानी र नेपालीको बिचमा तरवारबाजी प्रतियोगिता चल्दैथियो ।
चिनियाले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारिदियो ।
जापानीले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारिदियो ।
नेपालीको तर्फबाट चाहिँ हाम्रो राजेशदाइ हुनुहुँदो रहेछ । राजेश दाइले लामखुट्टेलाई हावामा उडाउनु भयो र तरबार नचाउनु भयो । तर अचम्म…. लामखुट्टेको टुक्रा भएन र यतिकै उडेर गयो । यो देखेर चिनिया र जापानीले राजेशदाइलाई जिस्काउँदै भने— खै त केही नि गर्न सकिनस् तैँले ।
राजेशदाइले आफ्नै स्टाइलमा भन्नु भो— हे….हे…हे….हे…. याद राख, यो लामखुट्टे अब कहिले नि बाउ बन्न सक्दैन ।
साथी त हो नि
उदास छोरालाई देखेर बाउ
बाउः के भो छोरा ?
छोराः केही होइन बुवा ।
बाउः भन न, म तेरो साथी नै त हो नि !
छोराः केही होइन के मुला, तेरी छप्की जाबो अलिकति हर्लिक्स माग्दा पनि गाली गर्छे यार ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट












