हामीले प्रयोग गर्ने खानाले पनि शरीरमा असर पर्न सक्छ । हरेका खानाको प्रभाव व्यक्तिविशेषमा भरपर्छ । कुनै व्यक्तिका लागि स्वस्थकर मानिने त्यही खाना कतिपयका लागि समस्याको कारण बन्छ । त्यसैले यसबारे हरेक व्यक्तिले विशेष ध्यान दिन आवश्यक हुन्छ ।
रेस्टुरेन्ट होस् वा आफ्नो घरमा तयार पारेको खानेकुरा नै किन नहोस्, कतिपय खानाले एलर्जीको समस्या निम्त्याउन सक्छ तर, यस्ता परिकारले सबैलाई असर गर्छ भन्ने चाहिँ होइन । यस्ता खाद्यपदार्थको प्रयोग गर्दा आफ्नो स्वास्थ्यलाई पनि ध्यानमा राख्न आवश्यक हुन्छ ।
गहुँ, जौ, र यसबाट बनेका ग्लुटिनयुक्त पास्ता, नुडल्स, बेकरीका परिकारबाट एलर्जीको समस्या हुन सक्छ ।
अन्डाबाट बनेका विभिन्न परिकारले पनि एलर्जी गराउने सम्भावना हुन्छ ।
माछाबाट बनेका परिकार पनि सावधानीका साथ प्रयोग गर्न आवश्यक हुन्छ ।
बदाम र बदामबाट बन्ने परिकारले पनि एलर्जीको समस्या हुन सक्छ ।
भटमास र भटमासजन्य विभिन्न परिकारबाट पनि एलर्जीको समस्या हुन सक्छ ।
दूधजन्य पदार्थले पनि कतिपयलाई एलर्जीको समस्या हुन सक्छ ।
ओखर, आल्मन्ड, काजु, ब्राजिलनट, पिकानटजस्ता खाद्यपदार्थले पनि एलर्जी बनाउन सक्छ ।
कतिपयलाई तिल र तिलबाट बनेका परिकारले पनि एलर्जी गराउने समस्या हुन सक्छ ।
कतिपय मानिसलाई रायोले पनि एलर्जी गराउन सक्छ । त्यस्ता मानिसले रायोबाट बनेका परिकार सेवन नगर्दा राम्रो हुन्छ ।
भुइँकटर पनि एलर्जी गराउने खाना हो ।
समुद्रमा पाइने माछा, लबस्टर, गँगटा, मसल्स, क्लाम्पस, स्कलाप, ओेएस्टरजस्ता खाद्यपदार्थले पनि एलर्जीको समस्या निम्त्याउने सम्भावना हुन्छ ।













