• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ’ ः कांग्रेस महामन्त्री थापा

by
२३ असार २०८०,
0
‘मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ’ ः कांग्रेस महामन्त्री थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालीहरुले आत्महत्या गर्ने क्रम बढेको भन्दै अत्यास प्रकट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले, पछिल्लो समय युवा कलाकारले आत्महत्या गरेको खबरले आफ्नो मन निक्कै भारी भएको उल्लेख गरेका छन् ।

‘मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ’ शिर्षकमा उनले लेखका छन् ‘पछिल्ला केही हप्तामा सामाजिक सञ्जाल, युवा कलाकारहरूको आत्महत्याको खबरले भरियो। एक पछि अर्को प्रतिभाले आफ्नो जीवन अन्त्य गरेको देख्दा मन कुँडिएको छ। आज बिहान सामाजिक सञ्जाल खोल्दै गर्दा एक जना अर्को कलाकारको त्यस्तै खालको अभिव्यक्ति देखेँ। एकदमै अत्यास लाग्यो। ’
उनले आत्महत्या गर्नेको संख्या वर्षेनी बढेको विषयमा समेत गम्भीरता प्रस्तुत गरेका छन् ।

‘आखिर हामी कहाँ चुक्यौँ? हाम्रो समाज कहाँ चुक्यो? किन हरेक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या बढिरहेको छ? हामीले यतिका वर्ष देखि कसका लागि सङ्घर्ष ग¥यौँ? हामीले गरेको राजनीतिले, युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ? खै हामीले समाजको आवश्यकता बुझेको? हामीले गर्ने राजनीति जनताको लागि हो। उहाँहरूको जीवन भौतिक विकास बाहेक अरू पनि थुप्रै विषयसँग जोडिएको छ भनेर बुझ्न अझै कति समय लाग्ने हो?’ उनले लेखेका छन् ।

सामाजिक सञ्जालमा साथीको सङ्ख्या सँगै मानिसहरूको एक्लोपन बढेको र मान्छे स्क्रिनसँग बढी निकट हुन थालेको बताएका उनले मानिसले मनका कुरा राख्ने ठाउँ भेट्न छोडेको भन्दै उनले दुख व्यक्त गरेका छन् ।

‘मानसिक रूपमा सङ्घर्ष गर्दै छु भन्दा लाज मान्नु पर्ने कस्तो समाजको निर्माण ग¥यौँ हामीले? कसैले हिम्मत गरेर मलाई परामर्श चाहिने छ भन्यो भने पनि शुल्कका कारण त्यो सुविधा लिन नसक्ने अवस्था छ। अब पनि हामीले ठोस कदम नचाल्ने हो भने, हामीले भविष्यमा धेरै मानिका र सरोनहरूलाई गुमाउने छौँ। हामीले त्यो अवस्था कदापि आउन दिनु हुन्न। यसमा तपाईँ हामी सबैको भूमिका रहन्छ। ’

अब मानसिक स्वास्थ्य सम्बन्धि चेतना, परामर्श र उपचार स्थानीय निकाय बाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गर्नु पर्ने भन्दै उनले हरेक व्यक्तिले आफ्नो भावनात्मक, मानसिक स्वास्थ्यलाई बुझ्ने, सहयोग चाहिएमा प्रोफेसनल सहयोग पाउने अवस्था सृजना गर्नु पर्ने बताएका छन् ।

उनले भनेका छन् ‘विद्यालयहरूमा सानै उमेरबाट बालबालिकाले यस्ता खाले जानकारी र सहयोग पाउन सके भने, कालान्तरमा उनीहरूका लागि सहज हुन्छ। हामीले यस सम्बन्धि पहल कानुनी रूपमा नै गर्नुपर्छ। हामीले आफ्ना नानीबाबु, भाइबहिनीहरूलाई नै बचाउन सक्दैनौ भने हामीले गरेको सङ्घर्षको, हाम्रो राजनीतिको के अर्थ?’

Previous Post

अमेरिकामा रोजगारी खोज्नेहरूको दरमा कमी

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In