काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ठमेलस्थित नाइट क्लब एलओडीका मालिक राजुसिंह सुवाललाई काठमाडौंको बालुवाटारबाट पक्राउ परेका छन् । ललितपुर जिल्ला अदालतले एलओडीका साहुहरु सुवालसँगै रुदिलबल्लव श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि पक्राउ पुर्जीको आधारमा सुवाललाई काठमाडौं प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।
एलओडीमा छिरेकी १६ वर्षीया बालिका गत जेठ ३१ गते सानेपामा बलात्कृत भएको निवेदन प्रहरीलाई दिएपछि प्रहरी उनलाई नियन्त्रणमा लिने प्रयासमा लागि परेको थियो ।
ललितपुर प्रहरी परिसर स्रोतका अनुसार केही दिनअघि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयमा रहेको कम्पनीको प्रबन्ध पत्रमा रुदिलवल्लव र राजुसिंहमात्र सञ्चालक रहेकाले उनीहरुविरुद्ध पक्राउ पुर्जी लिइएको थियो ।













