१. मनोविज्ञानले व्यवहारको अध्ययन गर्दछ भने त्यसलाई परिमार्जन कसले गर्दछ ?
– शिक्षाले
२. शरीरको तौल र उचाइमा आएको परिवर्तन के हो ?
— वृद्धि
३. विकासको अर्थ के हो ?
– परिमाणात्मक तथा गुणात्मक परिवर्तन
४. जिज्ञासा गर्ने, नक्कल गर्ने उमेर भन्नाले कुन उमेर समूहलाई भनिन्छ ?
– पूर्वबाल्यवस्था
५. मानव विकासका दुईओटा नियमहरुमध्ये शिरबाट खुट्टातर्फ विकास हुने विकास प्रक्रियालाई के भनिन्छ ?
– शीर्षपाद नियम
६. मानव विकास शरीरको केन्द्रबाट बाहिरतिर विकास हुने प्रक्रियालाई कुन नियम भनिन्छ ?
– निकट दुरुत नियम
७. मध्य अवस्था कुन उमेर समूहमा पर्छ ?
– ४० देखि ६० वर्ष
८. आतङ्कित र भयानक डर लाग्दो अवस्था कुन कारणको विशेषता हो ?
– मध्यावस्था
९. रित्तो घर कुन अवस्थाको विशेषता हो ?
– मध्यवस्था
१०. स्थिर विचारको उमेर भनेर कुन अवस्थालाई जनाउँछ ?
– वृद्धावस्था
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













