• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

by
१९ असार २०८०,
0
कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे । आजसम्म उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो । जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तर्नुभएक भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी छन।

“कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौँ”, भिक्कुले भने, “हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनु नपर्ने भयो ।”

विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयनले अकालमै ज्यान गुमाएको उनले सुनाए। प्रत्येक वर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो । यद्यपि निर्माण सुरु भएको १२ वर्षमा भए पुल बनेकोमा भने स्थानीय निकै खुसी छन् । बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो । सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्ने बाध्यतामा कान्द्रा नदी पार गर्नु कठीन हुने गरेको उनको अनुभव छ ।

“पुल बनेर कान्द्रको डुङ्गा विस्थापित होला भनेर सोचिएकै थिएन, लामो समयको पर्खाइपछि आज डुङ्गा विस्थापित भयो”, स्थानीय प्रकाश चौधरीले भने , “निर्माण सुरु भएपछि अलपत्र परेको पुल बन्ला भन्ने आशा पनि मरिसकेको थियो ।”

स्थानीय कविता देवकोटा पुल निर्माणसँगै सडक निर्माण पनि भइदिए स्थानीयलाई सहज हुन्थ्यो भनिन। “भजनी नगरपालिका वडा नं ५ र ७ का स्थानीयका लागि भजनी बजार आउजाउ गर्न नदी तर्नैपर्ने बाध्यता थियो”, उनले भनिन , “यसका लागि प्रत्येक पटक रु ४० खर्चनु पर्दथ्यो भने पैसा पनि जोगिने भयो र जोखिम पनि कम हुने भयो ।”

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले १२ वर्षदेखिको भजनीवासीको सपना पूरा भएको प्रतिक्रिया दिए । “पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म पुर्‍याउन निकै सहज भएको छ । यसले किसानको आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ”, उनले भने , “पुल बनेपछि हुलाकी राजमार्गबाट यात्रा गर्नेलाई पनि सहज भएको छ । यो भजनीको विकासमा ठूलो फड्को हो ।”

एकसय मिटर लामो यो पुल निर्माणका लागि विसं २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो । तत्कालीन समयमा डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको निर्माण कम्पनी बिरुवारलामारशेर्पा साल्पा जेभीको दाबी छ । कम्पनीले रु तीन करोड ४५ लाख २० हजार लागतमा पुल निर्माणको जिम्मा पाएको थियो ।

“पुलबाट आवागमन सुरु भइसकेको छ, बाँकी गर्नुपर्ने कामका लागि कम्पनीलाई भनिरहेका छौँ”, हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले भने , “पुल निर्माणको ९५ प्रतिशत काम सकिएको र पुलमा रेलिङ र आसपासमा ग्राभेल बिछ्याउने काम बाँकी छ ।”

Previous Post

ज्याकलिन अब करिना र आलियाको छिमेकी

Next Post

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In