• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन

    निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

    भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

    चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्याङ्जाको गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

by
१८ असार २०८०,
0
स्याङ्जाको गल्याङ नगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित गल्याङ नगर अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ ।

व्यवस्थापनमा सुधार, नगरपालिकाको नियमित अनुगमन, नयाँ सेवा विस्तार, स्वास्थ्यकर्मीको उत्कृष्ट सेवा, स्थानीय नागरिकको विशेष निगरानी हुन थालेपछि १५ शय्याको नगर अस्पतालमा बिरामीको चाप बढेको हो ।

अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आवमा झण्डै दोब्बरले बिरामीको सङ्ख्या बढेको अस्पतालका प्रमुख गुनेन्द्र रानाले जानकारी दिए । उनले अघिल्लो आर्थिक वर्षमा १३ हजार बिरामीले सेवा लिएको र चालु आर्थिक वर्षमा बीमातर्फका २१ हजार बिरामीले सेवा लिएका छन् ।

हाल अस्पतालमा चौबीसै घण्टा आकस्मिक सेवा, पेट, छाती, मुटु, ग्याष्ट्रिक, यौन, छाला, नशा, हाडजोर्नी, बाथरोग, नाक, कान, घाँटी, स्त्री रोग, बाल रोग, नेबुलाइजर, सामान्य चिरफार, दन्तरोग, ल्याब, एक्सरे, भिडियो एक्सरे, अक्सिजन, फार्मेसी सेवा, रिफर, बीमा, एम्बुलेन्सलगायतका सेवा उपलब्ध छन् ।

यहाँ सेवा लिनका लागि गल्याङ, वालिङ, चापकोट, कालीगण्डकी, पाल्पाको रम्भा, वगनासकाली, गुल्मीको कालीगण्डकी, पर्वतको बिहादीलगायतका स्थानीयतहबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।

गल्याङ नगरपालिकाको उपचारको प्रमुख गन्तव्य यो अस्पताल २०७६ सालमा स्थापना भएको थियो । लामो समय घाटामा सञ्चालित नगर अस्पताल गल्याङ नगरपालिकाको आर्थिक अनुदानमा प्रसासनिक खर्च धनिँदै आएको थियो ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले प्रशासनिक खर्चका लागि अघिल्लो वर्ष नगरपालिकाले अस्पताललाई ७२ लाख सहयोग गरेको बताए ।
नगर प्रमुख भट्टराईले निकट भविष्यमा अस्पतालमा प्रसूति सेवा, आँखा जाँच तथा उपचार सेवा विस्तार गरिने बताए । भट्टराईले नगर अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउनको लागि पहलसमेत भइरहेको बताए ।

नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा आधुनिक र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ । गल्याङ नगर अस्पतालकी लाभग्राही प्रतिमा भट्टराई बस्यालले अस्पतालले गुणस्तीय सुविधा दिन थालेपछि उपचारका लागि पाल्पा पोखरा जानुपर्ने बाध्यता हटेको बताइन् ।

अर्का लाभग्राही कमल भण्डारीले अस्पतालको व्यवस्थापकीय पक्ष अझै अपुग भएको बताउनुभयो । बिरामी जाँच्ने कोठा पटकपटक स्थान्तरण गरिएको भन्दै एकै ठाउँमा राख्न सुझाव दिए । बिरामी कुर्ने ठाउँमा नगर अस्पतालले पङ्खाको व्यवस्था गरिदिन पनि उनको आग्रह छ ।

हाल अस्पतालमा दुई जनरल फिजिसियन, तीन इमर्जेन्सी हेल्थ असिस्टेन्ट, तीन ल्याब टेक्निसियन, एक एक्सरे रेडियोग्राफरसहित ३० कर्मचारी कार्यरत छन् ।

Previous Post

इजरायलले अमेरिकासँग ३ अर्ब डलरमा लडाकु बिमान खरिद गर्ने

Next Post

अमेरिकी राष्ट्रपति बाइडेन युरोप यात्रामा निस्कँदै

सम्बन्धित खबर

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० सदस्यीय टोली सम्पर्कविहीन
आवाज

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

१६ साउन २०८३,
गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर
अन्तर्राष्ट्रिय

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन ; ओएचसीएचआर

१६ साउन २०८३,
अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते
फिचर-ब्यानर

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

१६ साउन २०८३,
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित
आर्थिक

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

१६ साउन २०८३,
नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै
फिचर-ब्यानर

नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

१६ साउन २०८३,
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
फिचर-ब्यानर

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

१६ साउन २०८३,
Load More
Next Post
ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छः राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति बाइडेन युरोप यात्रामा निस्कँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In