वस्त्र, धागो मात्र हो, कार्य, कारण मात्र हो, जे पनि गरिन्छ परमात्मामा नै गरिन्छ । सबैको स्वार्थ र भोग एकै जस्तो हो । आफ्नो स्मृति आफ्नो आदत, आफ्नो मनोरथ आफ्नो घमण्ड, आफ्ना मनमा आउने अपेक्षाका भावहरूको स्वाध्याय गर । समग्र प्राणी र विश्वको ज्ञान तिमिमा झलझल हुन्छ ।
मर्न डर लाग्छ, ठूला ठूला कुरा गर्छौ ।
मनमा विषय छन् ज्ञानका कुरा गर्छौ ।
अहङ्कारलाई पूज्छौ ईश्वर ईश्वर भन्छौ ।
स्वार्थका भक्त छौ म ईश्वरको भक्त छु भन्छौ ।
न ढाँट न ढाँट न ढाँट, मौन बस, मौन बस, मौन बस वश यत्ति काम हो ।
न ढाँट भनेको के हो ? युक्तिद्वारा काटिने, र अनुभवमा न आएका कुरा भट्याउँदै नहिँड भनेको हो । मौन बस भनेको के हो ? इच्छा, डर र तृष्णाका पछाडि लागेर नदगुर भनेको हो ।
ममत्व, महत्त्व मनका अज्ञान वृत्ति छन् यिनीहरूलाई जसमा, जता र जसरी दिन्छौ । त्यहाँ यिनीहरूले झुटको, मिथ्याको, धोखाको भ्रमको बजार उभ्याइदिन्छन् ।
मिथ्या भनेको अन्यथा र अर्कै देख्नु हो ।
भूmट भनेको भय, लोभ र भिन्नतामा आधारित हो ।
सबै सङ्कल्पको निवृत्ति, सम्पूर्ण बास्नाहरू र भावनाहरूबाट मुक्त विशुद्ध केवल चेतन तŒव परमात्मा कहा गया है । शब्दले जानिन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













