• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

    मेहनत र आम्दानी दुवै गाउँमै

    मेहनत र आम्दानी दुवै गाउँमै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चालु आर्थिक वर्षको ६ महिनामा कृषि बालीको उत्पादन ४.३ प्रतिशत वृद्धि

by
१४ असार २०८०,
0
कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत रहने अनुमान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली ९खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला० को उत्पादन ४ दशमलव ३ प्रतिशतले बढेको छ। यस्ता बालीले ढाकेको भूक्षेत्र भने २ दशमलव १ प्रतिशतले घटेको छ।

खाद्य तथा अन्य बालीको उत्पादन मात्र ५ दशमलव ७ प्रतिशतले बढेको छ। त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे ४ प्रतिशतले बढेको छ। फलफूल र मसलाको उत्पादनमा भने क्रमशः ५ दशमलव २ प्रतिशत र ८ दशमलव ४ प्रतिशतले घटेको छ।

प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन १ दशमलव ४ प्रतिशत र मासु उत्पादन १ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६ दशमलव ३ प्रतिशतले घटेको छ। वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६ दशमलव २३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन सात दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३ दशमलव ७ प्रतिशत रहेको छ। यो अवधि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७ दशमलव ९ प्रतिशत रहेको छ।

पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ५० दशमलव ०३ प्रतिशतले घटेर १ लाख ९६ हजार ५ सय ९५ कायम भएको र जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व रु।९ अर्ब ९० करोड पुगेको प्रतिवेदनमा जनाइएको छ। घर तथा भवनको स्थायी नक्सा पास सङ्ख्या ३७ दशमलव ५ प्रतिशतले घटेको छ।

वि।सं। २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ दशमलव १ प्रतिशतले र कर्जा प्रवाह ४ दशमलव १ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६९ दशमलव ४ प्रतिशत र ५५ दशमलव ६ प्रतिशत रहेको छ। निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः १ दशमलव २ प्रतिशत र १ दशमलव २ प्रतिशत रहेको छ।

वि।सं। २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा दर्ता भएका कुल सवारी साधनको सङ्ख्या ४ दशमलव १ प्रतिशतले वृद्धि भएको छ। पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र ३ हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ।

यो अवधिसम्ममा अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा नेपाली वायुसेवा र २९ वटा विदेशी वायुसेवा गरी ३२ वटा वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन्। सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको सङ्ख्या ३३ रहेको छ।

Previous Post

एमाले पार्टी कार्यालयमा ओलीद्वारा वृक्षारोपण

Next Post

आजदेखि चलचित्र ‘परस्त्री’ प्रदर्शन

सम्बन्धित खबर

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी
समाचार

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाखसम्म आम्दानी

९ भदौ २०८३,
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन
समाचार

ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

९ भदौ २०८३,
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
समाचार

अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता

९ भदौ २०८३,
मेहनत र आम्दानी दुवै गाउँमै
फिचर-ब्यानर

मेहनत र आम्दानी दुवै गाउँमै

९ भदौ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

देशभर मनसुनी वायुको प्रभावः मौसम पूर्वानुमान महाशाखा

९ भदौ २०८३,
Load More
Next Post
आजदेखि चलचित्र ‘परस्त्री’ प्रदर्शन

आजदेखि चलचित्र ‘परस्त्री’ प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In