• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

    आज राष्ट्रिय कोदो दिवस मनाइँदै

    भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायतको राजनीतिक हलचल र निराश परिवेश

by
५ कार्तिक २०७९,
0
बेलायतको राजनीतिक हलचल र निराश परिवेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लण्डन । आर्थिक सङ्कटलाई समाधान गर्न आफूलाई ‘अवरोधक’ बनाउने कसम खाएकी बेलायतकी प्रधानमन्त्री लिज ट्रसले करिब सबै पूराना निर्णयबाट यू–टर्न गर्नुभएको छ । उहाँले पदबाट बहिर्गमनको घोषणा गरेपनि आफ्नै मन्त्रीको कमजोर अर्थनीतिका कारण थप जटिल बन्दै गएको मुद्रा स्फीतिको मार्गलाई अबरोध गरी उहाँको एउटा प्रतिज्ञा पुरा गर्नुभयो ।

प्रधानमन्त्रीको छोटो कार्यकाल सात दिनको अवधिमा चरमोत्कर्षमा पुगेको थियो जुन सन् २०१६ देखि बेलायतले देखेको जस्तो विध्वंसकारी थियो, जब युरोपेली सङ्घबाट बाहिरिने देशको निर्णयले राजनीतिको सामान्य नियमलाई उल्ट्याएको थियो ।

“यो ’लभ आइल्याण्ड’ होइन, यो बेलायतको शासन व्यवस्था हो,” कन्जरभेटिभ्स पार्टीका प्रमुख इतिहासकार टिम बेलले ट्वीट गर्दै भन्नुभएको छ । यूरोपेली सङ्घ ९ईयूबाट० बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ले कन्जरभेटिभ पार्टीलाई अस्थिर बनाएको छ र यसले कुनै पनि सरकारलाई समस्या पनि दिएको छ किनभने यसले व्यापार र वृद्धिमा कमी ल्याएको छ,” बेलले भन्नुभयो ।

“यसको मतलब उनीहरूले २०१९ मा गरेका वाचाहरू पूरा गर्न धेरै कम पैसा छ । मलाई लाग्दैन कि कसैले जादुको छडी हल्लाएर बेलायतको आर्थिक समस्या समाधान गर्न सक्छ ।

उहाँले पूर्व अर्थमन्त्रीलाई सङ्केत गर्दै भन्नुभयो “तर यदि तपाईं बौद्धिक र सञ्चारको हिसाबले सक्षम व्यक्तिलाई छान्नुहुन्छ भने तपाईंले ऋषि सुनकलाई शीर्ष उम्मेदवारको रूपमा विचार गर्नुपर्दछ, उहाँको चेतावनी ट्रसको आघात र विस्मयकारी कार्यक्रमको बारेमा विस्तृत रूपमा वर्णन गरिएको भाषामा आएको छ ।”

ट्रसको गलत कदमले बेलायतलाई ग्रीस वा इटालीको तुलनामा अन्तर्राष्ट्रिय ऋणपत्र बजारका लागि बढी खतरनाक सम्भावना बनाएपछि मित्रराष्ट्रहरूले दयाको दृष्टिले मात्र हेर्न सक्थे ।
बजारको निर्णयले लाखौं बेलायतीहरूका लागि उधारो लागत बढायो जसका कारण उनीहरूले पुस्तौंदेखिको सबैभन्दा खराब जीवनयापनको सङ्कटको सामना गरिरहेका छन् । यसमा केही विद्वान्हरूले ब्रेक्जिटपछि कन्जरभेटिभ शासनमा रहेको बेलायतको कमजोरी भनेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्राँेले भन्नुभयो, “बेलायतले चाँडै राजनीतिक स्थिरता हासिल गरोस् । यो महत्वपूर्ण छ र म यही चाहन्छु । केही हप्ताअघि ट्रसले उहाँलाई बेलायतको ‘साथी’ भन्न अस्वीकार गर्नुभएको थियो ।

सन् १८२७ मा जर्ज क्यानिङको भन्दा पनि छोटो समयावधिका लागि मात्र ट्रसको प्रधानमन्त्रीको कार्यकाल रेकर्ड हुन देखिएको छ ।

सन् २०१६ पछि बेलायती संसद्मा भएको ब्रेक्जिटको बहस, थेरेसा मेको पीडादायी प्रधानमन्त्रीकाल र बोरिस जोन्सनको डाउनिङ स्ट्रिटमा तीन वर्ष बिताएपछि देशको अवस्था कस्तो भएको थियो भन्ने कुराले टिप्पणीकारहरूलाई झस्काएको थियो ।

तर, केवल ४४ दिनमा, ट्रसले बेलायतको प्रतिष्ठा र उहाँको आफ्नै टोरी पार्टीको प्रतिष्ठालाई समेत प्रश्नचिन्ह खडा गरेको छ ।

उहाँकै दलका धेरै सांसदहरू सरकारको कामबाट निराश भएका समय बुधबार अबेर राति भएको संसदीय मतदानमा उहाँको नेतृत्वलाई कमजोर बनाईदिएको थियो ।

गत शुक्रबार ट्रसले आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेङलाई बर्खास्त गरेसँगै ट्रसको बर्हिगमनको मार्ग निर्धारण गर्ने सात दिनको सुरुवात भएको थियो । यद्यपि उहाँले अर्थमन्त्रीलाई आफ्नो राजनीतिक सबैभन्दा राम्रो साथी र ‘वैचारिक आत्मासाथी’ को रूपमा वर्णन गर्नुभएको थियो ।

त्यसपछि उहाँले गरेको पत्रकार सम्मेलनमा जब प्रश्नहरूले उहाँलाई आत्तिएको अवस्थामा बोलेको ‘वास्तविक’ कुनै पनि कुराको रूपमा धेरै कभरेज पायो । सप्ताहान्तमा क्वार्टेङका उत्तराधिकारी जेरेमी हन्टले ट्रसको हार्ड चार्जिङ आर्थिक कार्यक्रमलाई खारेज गर्नुभयो ।

हाउस अफ कमन्समा क्वार्टेङको निधनको बारेमा लेबरले सोधेको प्रश्नलाई ट्रसले बेवास्ता गरेपछि सोमबार स्थिति अझ खराब साबित भयो । कुनै नेताले मन्त्रीमार्फत् आफू ‘डेस्कमुनि लुकेको छैन’ भनेर घोषणा गर्नु कदापि राम्रो कुरा होइन ।

मङ्गलबारसम्म, जब उहाँले तनावपूर्ण मन्त्रीपरिषद् बैठक बोलाउनुभयो । मतदानको एक ताजा चरणले पत्ता लगायो कि सुनकविरूद्ध उहाँलाई समर्थन गर्ने टोरी सदस्यहरू पनि ट्रसबाट निराश बनीसकेका थिए ।

बुधबार ट्रसले हाउस अफ कमन्ससँग कुरा गर्दै आफू लडाकु र भगुवा नभएको बताउनुभएको थियो ।

टोरीको पछिल्ला बेन्चमा रहेका निराश अनुहारहरूले लडाईको लागि कुनै चाहना देखाएनन् । त्यसको केही घण्टापछि गृहमन्त्री सुएला ब्रेभरम्यानले पदबाट राजीनामा दिनुभयो र ट्रसको नेतृत्वको असफलतामाथि कडा प्रहार गर्नुभयो ।

अन्तमा, ट्रसका सांसदहरूले निर्णय गरे कि उनीहरूले केही महिनाभित्रै सर्वेक्षण रेटिंगहरू पतनको पीडा सहनुको सट्टा दोस्रो नेतृत्वको निर्वाचनको लज्जाको सामना गर्नु उचित माने ।

प्राध्यापक बेलका लागि, अब टोरीहरूका लागि जोनसनको आवेश र भ्रमपूर्ण परिस्थिति र ट्रसको ‘जोस’ पछि निराश क्षमताको लागि छनौटको विकल्प दिएको छ ।

डेली स्टार पत्रिकाले हरियो तरकारी वा ट्रसको कार्यकाल पहिले समाप्त हुन्छ भन्ने विचार प्रदायक आलेख प्रकाशित भई भाइरल बनेपछि धेरै टिप्पणीकारहरू निराश बनेका छन् ।

पत्रकार जेन मेरिकले ट्वीट गर्दै लेख्नुभएको छ, “जब ‘सागको आयुले प्रधानमन्त्रीलाई उछिन्छ’, हामी साँच्चिकै अन्तिम दिनहरूमा आइपुगेका छौं यो प्रस्ट हुन्छ ।

शुक्रबारसम्म आउँदा प्रधानमन्त्रीमा पुनः बोरिस जोनसनलाई सरकारको नेतृत्व दिनुपर्ने आवाजहरू पनि सुनिन थालेका छन् । तर उहाँलाई निर्विकल्प मान्न उहाँको टोरी समूहका केही नेताले नै तत्काल उहाँको आवगमनलाई अस्वीकार गरेका छन् । तर सङ्कटग्रस्त अर्थतन्त्र सम्हाल्न एक साहसी र दूर दृष्टि भएको नेताको आवश्यकता रहने छ ।

Previous Post

तिहार विधिवत् सुरु, आज धनतेरस

Next Post

‘महापुरुष’को निर्माण टिम आज ‘महादेउसी भैलो’ खेल्दै

सम्बन्धित खबर

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
अन्तर्राष्ट्रिय

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

२८ साउन २०८३,
आज राष्ट्रिय कोदो दिवस मनाइँदै
आर्थिक

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

२८ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

स्टेट अफ होर्मुजमा नाकाबंदी तोड्ने प्रयास गर्ने जहाजमा अमेरिकी आक्रमण

२८ साउन २०८३,
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
Load More
Next Post
‘महापुरुष’को निर्माण टिम आज ‘महादेउसी भैलो’ खेल्दै

‘महापुरुष’को निर्माण टिम आज ‘महादेउसी भैलो’ खेल्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In