एक पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ …ओखती लिने समयमा डाक्टरलाई सोधेछन्—
पण्डित बाजेः के के कुरामा ध्यान दिनु पर्ला डाक्टर साव ?
डाक्टरः जोडले शङ्ख नफुक्नु होला नत्र……
कुकुरमा के फरक ?
श्यामः राम तिमीलाई पौडी खेल्न आउँछ ?
रामः अहँ आउँदैन ।
श्यामः (खिसी उडाउँदै) तिमीभन्दा त कुकुरले पनि पौडी खेल्न जान्दछ ।
रामः तिमीलाई चाहिँ पौडी खेल्न आउँछ त ?
श्यामः (गमक्क फुल्दै) आउँछ ।
रामः त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













