काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । इनारमा रहेको मोटर बिग्रिए पछि निकाल्ने क्रममा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेको प्रहरीले जनाएको छ ।
पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका थिए । त्यसपछि दिपेनलाई बचाउन जितेश इनारमा गएका थिए ।













