• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कतार विश्वकप श्रम सुधार भएन र क्षतिपूर्ति अझै बाँकीः एम्नेस्टी इन्टरनेसनल

by
४ कार्तिक २०७९,
0
कतार विश्वकप श्रम सुधार भएन र क्षतिपूर्ति अझै बाँकीः एम्नेस्टी इन्टरनेसनल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।आप्रवासी श्रमिकहरूको अवस्थासम्बन्धी विश्वकप प्रतियोगिता अघिको आफ्नो प्रतिवेदनमा कतारमा दुर्व्यवहारहरू अझै व्याप्त रहेको देखिएपछि एम्नेस्टी इन्टरनेसनलले एक विज्ञप्ति जारी गर्दै कतारी अधिकारीहरूले आफूले वाचा गरेका श्रम सुधारहरूलाई पूर्ण रूपमा पूरा गर्न अहिल्यै र विश्वकप प्रतियोगिता सकिएपछि भएपनि पुनः प्रतिबद्ध हुनुपर्ने जनाएको छ। खेल सुरू हुन केबल एक महिना बाँकी रहँदा उक्त मानवअधिकार संस्थाले फिफा र कतारलाई दुर्व्यवहारमा परेका आप्रवासी श्रमिकहरूको लागि क्षतिपूर्ति कोष स्थापना गर्न पुनः आह्वान गरेको छ।

एम्नेस्टी इन्टरनेसनलले जनाए अनुसार, सन् २०१७ देखि कतारले आफ्नो श्रम प्रणालीमा ल्याएको परिमार्जनले देशका २० लाख आप्रवासी श्रमिकहरूको लागि केही देखिने उल्लेखनीय सुधारहरू ल्याएको छ जसमध्ये सयौं हजार श्रमिकहरू विश्वकपका लागि आवश्यक परियोजनाहरूमा संलग्न छन्। यद्यपि, प्रभावकारी कार्यान्वयनको अभावले आप्रवासी श्रमिकहरूमा यस परिवर्तनले पार्न सक्ने प्रभावलाई कमजोर बनाइराखेको छ। सबै परियोजनाका हजारौं श्रमिकहरूले अझै पनि तलब नपाउने वा ढिला गरी पाउने, आरामका लागि छुट्टी नपाउने, असुरक्षित अवस्थामा काम गर्नुपर्ने, काम परिवर्तन गर्नमा अवरोधहरू तथा न्यायमा सीमित पहुँचको सामना गरिरहेका छन्। अर्कोतिर हजारौं श्रमिकहरूको मृत्युको अनुसन्धान हुन सकेको छैन।

“पछिल्ला पाँच वर्षमा कतारले श्रम अधिकारमा महत्त्वपूर्ण फड्को मारेको भए पनि एकदम स्पष्ट के छ भने सुधारको दिशामा अगाडि तय गर्नुपर्ने अझै धेरै लामो दूरी छ। कानुनमा भएका छिद्रहरू तथा कानुनको अपर्याप्त कार्यान्वयनका कारण हजारौं श्रमिकहरू अझै शोषण र दुर्व्यवहारको परिचित चक्रमा फसिरहेका छन्” एम्नेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भन्नुभयो।

“विश्वकप नजिकिँदै गर्दा, आप्रवासी श्रमिकहरूलाई शोषणबाट जोगाउने कार्य आधा मात्र पूरा भएको छ भने दुर्व्यवहार भोगेकाहरूलाई क्षतिपूर्ति दिने कार्यको केबल सुरूवात मात्र भएको छ। दीर्घकालमा यस अवस्थाको सुधारका लागि कतार प्रतिबद्ध हुनुपर्ने अत्यावश्यक छ। विश्वकपको प्रचार प्रसार र प्रसारण दोहाबाट सकिएपछि पनि त्यहाँ सुरू गरिएका प्रगतिहरू रोकिनु हुँदैन।

गएको महिना, एम्नेस्टी इन्टरनेसनलले गरेको विश्वव्यापी सर्वेक्षणले विश्वकप २०२२ तयारीका क्रममा पीडित भएका आप्रवासी श्रमिकहरूको क्षतिपूर्तिको लागि आम जनमानस र फुटबल प्रशंसकहरू दुवैको व्यापक समर्थन रहेको खुलासा गरेको छ।

“आप्रवासी श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्ने सवालमा प्रशंसक, फुटबल संगठन र प्रायोजकहरूका बीच ठूलो र बढ्दो समर्थन भए पनि कतार र फिफा भने यस सवालमा अझै हलचल गरिरहेका छैनन्। अब एक महिना मात्र बाँकी हुँदा सही कार्य गर्न उनीहरूका लागि समय छोट्टिँदै गइरेहेको छ,” स्टिभ ककबर्नले भन्नुभयो, “हजारौं आप्रवासी श्रमिकहरूले वर्षौँदेखि भोग्नुपरेको दुर्व्यवहारहरूलाई अनदेखा गर्नाले उनीहरूको सम्बन्धित अन्तर्राष्ट्रिय दायित्व र जिम्मेवारी विपरित हुनेछ। यस प्रतियोगितालाई सम्भव बनाउनका लागि यति धेरै कष्ट सहेकाहरूलाई पछाडि नछोडिएको कुरा सुनिश्चित गर्नका लागि उनीहरू एकसाथ आउनै पर्छ।”

कतारले सन् २०१७ देखि लागू गरेका सुधारहरूमा घरमै बस्ने घरेलु श्रमिकहरूको लागि काम गर्ने अवस्थाहरू नियमन गर्ने कानुन, न्यायमा पहुँच सहज गर्नका लागि श्रम न्यायधिकरण, तिर्न बाँकी ज्यालाको भुक्तानीलाई सहयोग गर्न एक कोष र न्यूनतम पारिश्रमिक समावेश छ। कतारले मानवअधिकारका दुईवटा प्रमुख अन्तर्राष्ट्रिय महासन्धिहरूलाई अनुमोदन पनि गरेको छ तर आप्रवासी श्रमिकहरूको ट्रेड युनियनमा सामेल हुने अधिकारलाई भने मान्यता दिएको छैन। कतार विश्वकप प्रतियोगिताको आयोजक निकाय सुप्रिम कमिटिले पनि सुदृढ श्रम मापदण्डहरूको थालनी गरेको थियो तर ती मापदण्डलाई आधिकारिक प्रतियोगिता स्थलहरू जस्तै रंगशालामा मात्र लागू गरिएको थियो र यसले विश्वकप प्रतियोगितका लागि आवश्यक परियोजनाका एकदमै सानो सङ्ख्याको श्रमिकहरूलाई मात्र समेटेको छ जुन कतारको श्रमशक्तिको केवल दुई प्रतिशत मात्र हुन आउँछ।

यी सुधारहरूको महत्त्वलाई मान्यता दिँदै एम्नेस्टीको ब्रिफिंगले दशवटा क्षेत्रहरूमा विद्यमान कमजोरीलाई सम्बोधन गर्ने सवालमा एउटा कार्ययोजना उपलब्ध गराएको छ। यसको लागि यस संस्था कतारी अधिकारीहरूलाई श्रम सुरक्षा कार्यान्वयन र सुदृढीकरण गर्न, श्रमिकहरूको सशक्तिकरण गर्न, कामको ज्याला उपलब्ध गराउन तथा न्याय र उपचारमा पहुँच सुनिश्चित गर्न आग्रह गर्दछ।

जबर्जस्ती श्रम र रहस्यमय मृत्युहरू

कतारमा विश्वकप र गैर(विश्वकपसँग सम्बन्धित परियोजनाहरूमा आप्रवासी श्रमिकहरूले उल्लेखनीय रूपमा दुर्व्यवहारको सामना गरिरहेका छन्। विशेष गरेर घरेलु र सुरक्षा क्षेत्रहरूमा धेरै श्रमिकहरू अझै पनि जबर्जस्ती श्रमकै अवस्थामा पर्ने खालको श्रम अवस्थाबाट गुज्रिरहेका छन् र घरेलु श्रमिकहरू अझै पनि सामान्यतयाः दिनको १४ देखि १८ घण्टासम्म हप्ताको एक दिन पनि बिदा नलिई निजी आवासहरूमा एक्लिएर काम गर्न बाध्य छन्।

सुरक्षा गार्डहरूलाई बारम्बार आफ्नो आरामको लागि छुट्टीको सुविधाबाट वञ्चित गरिएको छ र उनीहरूलाई तलब मनोमानी रूपमा काट्ने वा कहिलेकाहीँ राहदानी नै जफत गर्ने जस्ता दण्डको धम्कीमा काम गर्न बाध्य पारिएको छ जबकी यस्ता कार्यहरू कतारी कानुनको उल्लङ्घनमा पर्दछन्। काम गर्ने कठिन अवस्थाको कारण आफ्नो करार अवधि समाप्त हुनु अगावै कतार छाडेका केन्याका एक निजी सुरक्षाकर्मी जोशुआ ९परिवर्तित नाम०ले एम्नेस्टी इन्टरनेसनललाई भनेस्

“कामको अत्यधिक बोझ र दुर्व्यवहारका कारण म जुन कम्पनीमा कार्यरत थिएँ त्यहाँ बसेर काम गर्न मलाई असह्य महसुस भयो। चार महिनामा, मात्र दुई दिन बिदा मिल्छ। तलब समयमा दिइँदैन र धेरै अनावश्यक शुल्कहरू कटाइन्छ‘ कम्पनीले मेरो भिसा रोकेको छ, जसका कारण अर्को कम्पनीमा रोजगारी पाए पनि म कतारमा फर्किन सक्दिन।”

विगतको दशक र त्यसपछ विश्वकपसँग सम्बन्धित परियोजनाहरू वा अन्य सन्दर्भमा भएका हजारौं आप्रवासी श्रमिकहरूको मृत्युका कारणहरू अझै अस्पष्ट छ। कम्तीमा पनि यीमध्येका सयौं मृत्युको कारण अत्यधिक गर्मीमा काम गर्दाको परिणाम हुनसक्दछ। तापक्रमसम्बन्धी नयाँ कानुन एउटा सुधार हो तर यसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन र बाहिरी वातावरणमा काम गर्ने श्रमिकहरूलाई पर्याप्त सुरक्षा दिनका लागि अझै सुदृढ पारिनुपर्दछ। अधिक तापक्रमले स्वास्थ्यमा ठूलो जोखिम निम्त्याउने स्पष्ट प्रमाण भएतापनि कतारी अधिकारीहरूले अनुसन्धान गर्न, आप्रवासी श्रमिकहरूको मृत्यु प्रमाणित गर्न वा क्षतिपूर्ति प्रदान गर्न अन्तर्राष्ट्रिय सर्वोत्तम अभ्यास विपरीत थोरै मात्र आवश्यक कार्य गरेका छन्।

पीडित परिवारको लागि यो एउटा गम्भीर भावनात्मक आघात मात्र नभई परिवारको हातमुख जोहो गर्ने मूख्य व्यक्तिलाई गुमाउनु परेको अवस्था हो जसमा आर्थिक क्षतिपूर्ति प्रदान नगर्दा धेरै परिवारहरू अझ झन्नै गरिबीमा धकेलिन पुगेका छन्। कतारमा आफ्नो पतिको मृत्युको कारण अस्पष्ट रहेको कुराबाट पीडित बनेकी भूमिसरा९परिवर्तित नाम०,ले एम्नेस्टीलाई भनिन्,“अहिले सबै कुरा चकनाचुर भएको छ ‘ जीवन नै आफैमा एउटा फुटेको ऐना जस्तो बनेको छ ‘ म भावनात्मक भएर धेरै पटक रोएको छु ‘एक्लै हुनु एकदम कठिन कुरा हो ‘ मलाई आफू तेलमा जलेको जस्तै अनुभव भइरहेको छ।”

अन्तर्राष्ट्रिय कानुनअन्तर्गत मौलिक अधिकारको रूपमा प्रत्याभूत गरिएको भएतापनि त्यसको विपरीत आप्रवासी श्रमिकहरू कतारमा ट्रेड युनियनहरू गठन गर्न वा त्यसमा सामेल हुन असमर्थ छन्। यसको सट्टा, रोजगारदाताहरूद्वारा गठित संयुक्त समितिहरूले श्रमशक्तिको २५ मात्र समेट्छन्। यी समितिहरूले श्रमिकहरूलाई केही प्रतिनिधित्व प्रदान गर्छन् तर तिनमा गम्भीर त्रुटीहरू रहेका छन् किनकी ती समितिमा सामूहिक सौदाबाजीको लागि संयन्त्रको अभाव छ र श्रमिकहरूलाई महत्त्वपूर्ण कानुनी संरक्षणहरू प्रदान गर्न असफल छन्।

जबर्जस्ती शुल्क र कफाला प्रणाली

सम्भावित आप्रवासी श्रमिकहरूले कतारमा रोजगार पाउनका लागि जबर्जस्ती रूपमा अत्यधिक भर्ना शुल्क तिर्नु पर्ने बाध्यता अझै व्यापक छ। अमेरिकी डलर १००० देखि ३००० सम्मको शुल्कका लागि लिइएको ऋण तिर्न धेरै श्रमिकलाई महिनौँ वा वर्षौँ पनि लाग्छ जसले गर्दा उनीहरू शोषणको चक्रमा फस्ने गरेका छन्। कतारको विश्वकप प्रतिस्पर्धा आयोजक निकाय सुप्रिम कमिटिअन्तर्गतका विश्वकप परियोजनाहरूमा कार्यरत केही श्रमिकहरूले भर्ना शुल्कको केही रकम पुनर्भुक्तानीका लागि दाबी गर्न सकिने भएपनि यस्तो विकल्प देशका अधिकांश श्रमिकहरूको लागि उपलब्ध छैन।

श्रमिकहरूलाई आफ्नो रोजगारदातासँग पूर्ण रूपमा निर्भर बनाउने कफाला प्रणालीमा भएको महत्त्वपूर्ण परिवर्तनहरूले गर्दा अहिले ठूलो मात्रामा आप्रवासी श्रमिकहरू कानुनी तवरबाट बिना अनुमति देश छोड्न र आफ्नो काम परिवर्तन गर्न पाउँछन्। तथापि यदि रोजगारदाताहरूले भिसा रद्द गरिदिएमा वा आवास अनुमति नविकरण गर्न विफल भएमा आप्रवासी श्रमिकहरू अझै पनि गिरफ्तार हुने र देशनिकालामा पर्ने वा काम बाट “फरार” भएको भनी उजुरी खेप्ने जोखिममा रहेका छन्।

सन् २०२० को अक्टोबर २० यता सरकारले तीन लाख आप्रवासी श्रमिकहरूको काम स्थानान्तरण गर्ने आवेदनलाई अनुमोदन गरेको दाबी गरे पनि कामका बारेमा गुनासो गरेका वा काम परिवर्तन गर्न खोजेका श्रमिकहरूलाई शोषण गर्न र कारबाही गर्न रोजगारदाताहरूले आफ्नो शक्ति प्रयोग गरी भिसा रद्द गरेका, आवास अनुमति नविकरण नगरेका र श्रमिकहरूलाई “कामबाट भागेका” भनी उजुरी गरेका धेरै घटनाहरूलाई हालैका केही महिनाहरूमा एम्नेस्टी इन्टरनेसनलले रेकर्ड गरेको छ। उदाहरणको लागि आफ्नो रोकिएको तलब र खाना तथा स्वच्छ आवासको अभावका बारेमा श्रम मन्त्रालयमा गुनासो राखेका एक जना सामान वितरण गर्ने चालक जोफ्री ९परिवर्तित नाम० लाई त्यहाँको कामबाट भागेको अभियोगमा प्रहरीले गिरफ्तार गर्यो र तीन हप्तासम्म हिरासतमा राख्यो।

Previous Post

मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै

Next Post

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

इन्डोनेसियामा ९९ बालबालिकाको मृत्युपछि सबै सिरप औषधिमा प्रतिबन्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In