काठमाडौं । वीर अस्पतालको मिर्गौला प्रत्यारोपण प्रकरणमा अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ ।
विरामी र अस्पताल प्रशासनका बिचमा भएको छलफलका क्रममा हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने सहमति बनेको हो ।
सहमतिअनुसार पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यान्वयन गरिनेछ ।
धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने देखिएको बताइएको छ ।













