बेस्सरी टाउको दुख्ने माइग्रेन रोगकाबाट विश्वभरिमा एक अर्ब भन्दा बढी मानिस ग्रसित छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी दुख्छ । माइग्रेन दिमागको एक भागमा मात्र हुन्छ । माइग्रेनको दुखाई दुई घन्टादेखि ७२ घन्टासम्म रहन्छ ।
दुखाइको बेलामा मानिसलाई अचानक बान्ता गर्न मन लाग्छ भने उनीहरूलाई प्रकाश, ध्वनि र गन्धले थप असहज स्थिति ल्याउँछ । पुरुषभन्दा महिलालाई माइग्रेनको समस्याले बढी सताउने गरेको पाइन्छ । माइग्रेन रोगको घरेलु उपचारबाट पनि छुटकारा पाउन सकिन्छ ।
– तुलसीको तेलले मांसपेशीलाई शान्त बनाउनुको साथै टाउको दुख्ने कारणका रूपमा रहेको तनावलाई पनि घटाउने हुँदा यसको प्रयोगले माइग्रेनबाट छुटकारा पाउन सकिन्छ ।
– उम्लेको पानीमा केही थोपा लवेन्डरको तेल हाली बाफ लिने गर्नाले माइगे्रेनबाट छुटकारा पाइन्छ । लवेन्डरको तेललाई कनपटीमा दल्नाले पनि आराम मिल्छ ।
– नियमित रुपमा आलसको सेवनले पनि माइग्रेनबाट छुटकारा पाइन्छ ।
– केराको बोक्रामा बरफ हालेर टाउकोमा बाँध्नाले माइग्रेनबाट मुक्ति मिल्छ । केराको बोक्रामा हुने पोटासियम निधारले सोसेर आराम दिन्छ ।













