शेर र शेरेकी गर्लफ्रेन्ड मिना नयाँ कारमा रिंगरोड घुमिरहेका थिए ।
अचानाक शेरेकी गर्लफ्रेन्डले भन्न थालिन्— के तिमी एक हातले गाडी चलाउन सक्छौ ?
शेरेः छाती फुलाउँदै किन नसक्नु ? मजाले सक्छु ।
फेरि मिना बिस्तोरै बोली— त्यसो भए अर्काे हातले तिम्रो नाकको सिँगान फाल त ।
शेरे लाजले भुतुक्कै……….।
पाल्पामा जन्मेको
च्यान्टे सरले कालेलाई उठाएर ‘तिमी कहाँ जन्मेको ? भनेर साध्नुभयो ।
कालेः सर म त उर्लाबारीमा जन्मेको ।
च्यान्टे सरः ए हो उसो भए उर्लाबारीको स्पेलिङ भन त काले बाबु
काले एकछिन सोचेरः होइन, होइन सर म त पाल्पामा जन्मेको ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













