१. कविवर माधव प्रसाद घिमिरेको निधन कहिले भयो ?
– वि.सं. २०७७ भाद्र १०
२. हालका महालेखा परीक्षकको नाम के हो ?
– भानुप्रसाद शर्मा
३. नेपालको वैदिककालदेखि चलिआएको झण्डालाई निश्चित आकार र रंग भरेर डिजाइन गर्ने नेपाली झण्डाका डिजाइनर को हुन् ?
– शंकरनाथ रिमाल
४. साझा पुरस्कारको पुरस्कार राशि कति रहेको छ ?
– ५१,०००
५. सन् २०२१ मा आयोजित कोपा अमेरिका कप कुन देशले जितेको थियो ?
– अर्जेन्टिना
६. कोरोना भाइरस विरुद्ध पूर्ण खोप लगाइएको पहिलो जिल्ला कुन हो ?
— मनाङ
७. आधिकारिक रुपमा पूर्ण साक्षर घोषणा भएको पहिलो जिल्ला कुन हो ?
— ललितपुर
८. नेपालको संविधानलाई सगरमाथा पु¥याउने को हुन् ?
– अनिश लुइटेल
९. साइकल सिटी घोषणा भएको पहिलो नगरपालिका कुन हो ?
– धरान नगरपालिका
१०. लोक सेवा आयोगका हालका अध्यक्षको नाम के हो ?
– माधवप्रसाद रेग्मी
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













