काठमाडौं – दक्षिण भारतीय फिल्म आदिपुरुषको निर्माता कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र पठाएर उनले प्रश्न उठाएको चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ।
आइतबार सो कम्पनीले इमेलमार्फत पत्र पठाएर मेयर शाहलाई पत्र पठाएर प्रष्टीकरण दिएको हो।
कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको कम्पनीले प्रष्टीकरण दिएको छ । सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि मेयर साहले सो शब्द नसच्चाएसम्म काठमाडौंमा भारतीय चलचित्र चलाउन नदिने घोषणा गरको केही घण्टामै कम्पनीले प्रष्टीकरण दिएको हो ।
कम्पनीले कुनै पनि किसिमले नेपाली जनताको भावनामा ठेस पुर्याउने चलचित्रको उद्देश्य नरहेको बताउँदै माफीसमेत मागेको छ । यस चलचित्रलाई कलाको रुपमा बुझिदिन र इतिहासलाई धेरै दर्शकसम्म पुर्याउने चलचित्रको उद्देश्यलाई सहयोग गर्न आग्रह समेत कम्पनीले गरेको छ ।
काठमाडौं महानरका मेयर बालेनले बिहीबार उक्त चलचित्रमा रहेको विवादित संवाद ३ दिनभित्र हटाउन र नहटाए महानगरभित्र कुनैपनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए । त्यसैक्रममा, आज नगर प्रहरीले हलहरुमा पूर्वसूचना दिइसकेको छ भने हल सञ्चालकहरुले पनि महानगरको निर्णय मान्ने जनाएका छन् ।














