एक पटक एउटा लामखुट्टे ठूलो हुरीमा फसेछ … । हावाले उडाइराको बेलामा ठ्याक्कै एउटा रुख देख्यो अनि त्यो रुखलाई च्याप्प समाएर बसेछ । ३–४ घण्टापछि हुरी बतास रोकिएछ अनि पसिना पुछ्दै लामखुट्टेले भनेछ— अहो ! कत्रो ठूलो हुरी बतास ? आज म बेलैमा नआको भए त यो रुख ढलिसक्थ्यो ।
एक किलो दूध
गोरे कालेको घरमा दूध लिन गएछ…
गोरेः ओए काले यो भाँडोमा एक किलो भैँसीको दूध राख्दे त यार..
कालेः यति सानो भााडोमा एक किलो भैँसीको दूध त कहाँ अट्छ र यार ?
गोरे एकछिन सोचेर…. लौ, ठिकै छ, उसो भए एक किलो बाख्रीको दूध राख्दे न त ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













