– जुन व्यक्तिलाई अफिमको लत लागेको छ उसलाई हरेक २ घण्टामा आधा चम्चा अजवायन तातोपानी सँग खान दिनाले लत हट्छ ।
– भाङको नशा लागेको व्यक्तिलाई उल्टी गराई दुधमा मह मिलाई खुवाउनाले आराम मिल्छ ।
– अफिम खाने व्यक्तिलाई काँचो नरिवल खाने सल्लाह दिनु राम्रो मानिन्छ । साथै नरिवलको पानी पनि राम्रो मानिन्छ ।
– २ चम्चा त्रिफला (हर्राे, बर्राे, अमला) पाउडरलाई पानीमा मिलाई खुवाउनाले जुनसुकै नशा उत्रन्छ ।
– दही, कागती, कालो नुन र अदुवालाई सबै आधा ग्राम लिई ३०० मिलीलिटर पानीमा घोलेर खान दिनाले नशा उत्रन्छ ।
– कागती तथा आँपको अचार खानाले भाङ तथा अफिमको नशा उत्रन्छ ।
– पुदिनाको रस नाकमा हालिदिनाले गाँजाको नशा उत्रन्छ ।
– गुलावको फुलमा मह मिलाई खानाले गाँजाको नशा उत्रन्छ ।
– रक्सीको लत छुटाउन हरेक १/१ घण्टामा सौफ ४/४ चम्चाका दरले खानु राम्रो मानिन्छ ।
साभारः ‘मेरो डाक्टर’ पुस्तकबाट













