शरीरको आफ्नो भाग्य छ । जुन रूपमा जब, जहाँ जे हुनु छ, त्यही हुन्छ । केही गर्दा गल्ती हुन्छ । सुधार गर्नुपर्छ । धैर्यले सुन्नु ध्यानको अवस्था हो । अपेक्षा न राखे निश्चिन्तता आपैm प्रकट हुन्छ । साँचो हिमालय, नदीतट एवं परंलाभ इच्छारहित हुनुमा छ । जस्तो मन यस क्षण छ, त्यही मन सर्वत्र रहनेछ । स्थान, व्यक्ति, आवागमन, संस्कारको काम हो । निरालम्ब, निरञ्जन, अकिञ्चनको अर्थ बुझ अनि स्वस्थ बस ।
त्यहाँ जानु छ इच्छा भयो, यहीं बस्नु छ लोभ भयो । आहारमा अल्पता, व्यवहारमा सजगता, भ्रमणमा तन्मयता सम्यकत्व हो । सम्बन्ध र सङ्ग्रहका लागि मर्नु नै अनासक्ति हो । देखेर, सम्झेर व्यर्थताको त्याग गर्ने क्षमता सन्तोष हो । सम्झना र कल्पनालाई बिदा गर्नु अमृतŒवमा हुनु हो । कुरा खेलाउने र चिाउने बानी छोडे परंसुख मनैमा छ । सङ्कल्प र याद आउनु नै विघ्न हुन्, द्वैत रहेसम्म ती रहन्छन् ।
नचाहनु जो अवस्था हो त्यही अमृत हो । इच्छारहित एवं अपेक्षारहित मन समबुद्धताको प्रकाश हो । सबै इन्द्रियहरू र अन्तःकरणको प्रयोग कालमा सत्, चित्, आनन्दको व्याप्त देख्नु साँचो दर्शन हो । इच्छा, वाणी र नारीको स्वभाव, सीमा र द्वन्द्वता सम्झेर स्वतन्त्र हुनु नै पारखी हुनु हो । स्मृतिलाई श्वासका प्रवाहमा राखेर श्वास प्रश्वासको अन्तराल (परमपद, बुद्धयोग, महामौन)मा प्रवेश गर्नु जीवनको लक्ष्य प्राप्त गर्नु हो । सन्तगुणी ध्यान योग तथा मनन गरेर स्थितिमा प्रवेश गर्छ । गुणातीत मन, प्रेम, त्याग एवं प्रज्ञाद्वारा परममा प्रवेश प्राप्त गर्दछ । पछाडि अर्काको कुरा गर्नु क्षुद्र मनको हुनु हो । सामुन्ने व्यर्थ कुरामा विवाद गर्नु मूर्ख मनको हुनु हो । कसैले तिम्रो निन्दा ग¥यो भन्ने सुन्ने बित्तिकै आवेशमा नआऊ, प्रतिनिन्दा नगर, वस्तुतः नम्र भएर भन मभित्र त नजाने कति दोष छन्, कमी छन् । उहाँले एक दुई मात्रै जान्नुभएको रहेछ, अरू पनि जानेको भए त भन्नुहुन्थ्यो होला ?
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













