• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाह्र वर्ष बित्यो, पहिरोको त्रास कायमै

by
२६ जेष्ठ २०८०,
0
बाह्र वर्ष बित्यो, पहिरोको त्रास कायमै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गाउँ नै विस्थापित हुने गरी बगेको पहिरो १२ वर्ष वितिसक्दा पनि नियन्त्रणमा आउन नसकेपछि कास्की जिल्लास्थित मादी गाउँपालिका–६ तप्राङवासी वर्षायाम सुरुसँगै चिन्तित बनेका छन् ।

देशकै दशवटा ठूला पहिरो मध्ये पर्ने कास्कीको उत्तरपूर्वी मादी गाउँपालिका–६ तप्राङस्थित नाउनुङको पहिरो नियन्त्रण गर्न स्थानीयले प्रदेश र संघ सरकारलाई आग्रह गरेका छन् । पहिरो बगेको १२ वर्ष बित्यो, वर्षा यामसँगै बचेका घरमा बस्ने मानिसपनि त्रासमा रात विताउने गर्दै आएका छन् ।

वि.स २०६७ साल श्रावण १८ गते बिहान ८.४५ बजे तप्राङको बस्तीको तल्लो भाग बग्दा स्कूले विद्यार्थीसहित चार जनाको मृत्यु हुनुको साथै ७२ घर र एक विद्यालय विस्थापित भएको थिए । पहिरो गएको १२ वर्ष वितिसक्दा पनि पहिरो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन, अझैपनि वर्षादको समयमा तप्राङवासी त्रासमा बाच्नु परेको दुःख स्थानीयवासी तथा पूर्व वडाध्यक्ष पसबहादुर गुरुङले सुनाउनुभयो ।

‘पहिरो नियन्त्रणमा संघ र प्रदेश सरकारले त्यति धेरै चासो नदिएका कारण भइरहेको बस्तिपनि जोखिममा छ, मादी गाउँपालिकाको हरेक समीक्षा बैठकमा पनि पहिरो नियन्त्रणका कुरा उठ्छन् तर ठोस रुपमा पहिरो नियन्त्रण नहुँदा स्थानीय हरेक वर्षाको वर्षायाममा त्रासमा बाच्न बाध्य छन् ।’ गुरुङले भन्नुभयो ।

मादी गाउँपालिका वडा नं ६ को चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगतिको समीक्षा गर्न बसेको बैठकमा पनि पहिरो नियन्त्रण नै प्रमुख विषय बनेको छ । पहिरोले पुरेको गाउँको महारुद्र मावि र जोखिममा परेको ७२ घरलाई पनि अन्यत्रै सारेर व्यवस्थापन गरिएको थियो ।

‘पहिरो नजिकका अन्य घरमा बस्ने स्थानीय १२ वर्षदेखि त्रासमा बाचिरहेका छन् । डेढ सय घरपरिबार रहेको तप्राङका विस्थापित वाहेकका घरहरु सुरक्षित गरिदिन स्थानीयले प्रदेश र संघ सरकारलाई आग्रह गछौं ।’ स्थानीयवासी खिमलाल बरालले भन्नुभयो ।

बजेट र वैकल्पिक स्रोतको खोजी गरिदिन उनीहरुले स्थानीय सरकारमार्फत आग्रह गरेका छन् । पहिरो नियन्त्रणका लागि प्रदेश र संघ सरकारले बजेट विनियोजन गरेपनि त्यो रकम प्रयाप्त नहुँदा पहिरो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको गुनासो बरालको छ ।

स्थानीय डिल्लीराम देवकोटाले पहिरो पूर्ण रुपमा नियन्त्रणमा आउन नसक्दा स्थानीय सधै त्रासमा बाचिरहनु पर्ने बाध्यताबाट छुटकारा कहिले पाउने ? प्रश्न गर्दै उहाँले कि त सरकारले गाउँलेलाई अन्यत्र लगेर व्यवस्थापन गर्नुप-यो ।

तप्राङ पर्यटकीय र उर्भर भूमि भएकै कारण स्थानीयले पहिरो नियन्त्रणमा नै वढी जोड दिँदै आएका छन् । कृषि, पर्यटन र स्थानीय उत्पादनलाई वृद्धिगरी स्थानीयको आयआर्जन वृद्धि गर्न सहयोग गर्न पनि देवककोटाले स्थानीइ र प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

स्थानीयवासी लक्ष्मण गुरुङले स्थानीयका लागि छुने योजना ल्याएर जनताको मन जित्न स्थानीइ सरकारलाई आग्रह गर्नुभयो । वडाध्यक्ष डिलबहादुर क्षेत्रीले नाउनुङको पहिरो नियन्त्रण गर्ने आफ्नो पहिलो कर्तव्य भएको बताउँदै त्यसपछि मात्र गाउँको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा ध्यान दिने बताउनुभयो ।

पहिरो नियन्त्रणका लागि प्रत्येक वर्ष संघ सरकारले बजेट छुट्याउँदै आएको र यस वर्ष प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेपनि त्यो प्रयाप्त नभएको भनाई वडाध्यक्ष क्षेत्रीको छ । वडाध्यक्ष क्षेत्रीले वडाको चालु आर्थिक वर्ष भित्र सक्ने गरी सुरु गरेका करिव ८० प्रतिशत योजना सम्पन्न भएको कुरा पनि सुनाउनुभयो ।

Previous Post

रोचक तथ्यः अक्सिजनविना बाँच्ने जीव

Next Post

एकीकृत समाजवादीले बरु सरकार छाड्ने, बजेट पारित हुन नदिने

सम्बन्धित खबर

पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
Load More
Next Post
एकीकृत समाजवादीले बरु सरकार छाड्ने, बजेट पारित हुन नदिने

एकीकृत समाजवादीले बरु सरकार छाड्ने, बजेट पारित हुन नदिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In