• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अव्यवस्थित ग्रामीण सडकले कुरुप बन्दै गाउँ

by
२५ जेष्ठ २०८०,
0
अव्यवस्थित ग्रामीण सडकले कुरुप बन्दै गाउँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्र मोटरबाटोले जोडिएका थिएनन् । बजारबाट सामान ओसारपसार गर्न घोडा, खच्चड र भरियाको प्रयोग गरिन्थ्यो । टाढाको यात्रा पनि हिँडेरै पार गर्नुपर्ने बाध्यता थियो ।

स्थानीय सरकारको स्थापनापछि सडक सञ्जाल विस्तार पहिलो प्राथमिकतामा पर्ने गरेको छ । अहिले दूरदराजका गाउँ तथा बस्ती–बस्तीमा सडक पुगेको छ । सडकले ग्रामीण जनजीवनमा आएको परिवर्तनसँगै विनाशको जोखिम पनि बढे्को स्थानीय बताउँछन् ।

हिउँदको समयमा धमाधम सडक निर्माण हुन्छन् । बर्खाको समय ती सडकमा ठूलाठूला पहिरो जाँदा मानवीय क्षतिका साथै भौतिक सम्पत्तिको ठूलो क्षति हुने गरेको छ । गाउँमा बनाइने सडक विस्तृत आयोजना प्रतिवेदन९डिपिआए० विना नै निर्माण गरिने भएकाले यसरी निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको निसीखोलाका स्थानीय तिलबहादुर पुनमगरले बताए । ‘बिना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकरात्मक असर पु¥याइरहेको छ’

सडकका कारण पछिल्लो समय पानीका मुहान सुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन बनाएको पुनमगरको भनाइ थियो । ‘जिल्लाको १० वटै पालिकामा हरेक वर्ष सडक निर्माणमा करोडौँ बजेट खर्च हुन्छन् तर सडक गुणस्तरीय नहुँदा यातायातका साधन चल्दैनन् । गाडी नगुड्दा स्थानीय पहिलेकै जस्तै पैदल यात्रा गर्नुपर्छ भने दैनिक उपभोग्य सामान पनि बोकेरै ल्याउनुपर्ने बाध्यता छ’, उनले भने ।

पुनमगरका अनुसार सडक बाह्रै महिना चल्नुपर्ने भन्दै वर्षमा एकपटक पनि गाडी नगुड्ने माटोरबाटो जिल्लामा थुप्रै छन् । गाउँपालिका तथा नगरपालिकाबाट बजेट पारेर निर्माण भएका धेरै सडक अहिले प्रयोगमा नआएको उनले बताए । उनले गाउँपालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी भने नचल्दा आफूहरुले सास्ती खेप्नुपरेको बताए । उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएको हुँदा गाडी गुड्ने खालको नभएको पुनको गुनासो छ ।

‘आजभन्दा पाँच वर्ष अगाडि कुनै पनि गाउँमा सडक पुगेको थिएन । अहिले सडक नपुगेको गाउँनै छैन । सडक पुगे पनि धेरै ठाउँमा गाडी चल्दैनन्, दुईरचार घर भएका ठाउँमा पनि सडक पुगेका छन’, उनले भने, ‘सडकको स्तरीय निकै कमजोर छन्, साँघुरा र जोखिमयुक्त सडकका कारण गाडी चल्दैनन्, गाउँको तल्लो क्षेत्रसम्म गाडी आए पनि अलि माथिल्लो क्षेत्रमा पुग्दैनन् ।’ पुनमगरले गाउँमा सडक आउनु राम्रो भए पनि जथाभावीरुपमा बनाइएका सडकले गाउँको सुन्दरता बिगारेको बताए । जथाभावी खनिएका सडकले खेतीयोग्य जमिन मास्ने र बजेट सक्ने काम मात्र गरेको उनको भनाइ थियो ।

पुनमगरले सडकले पहिलेको तुलनामा आवागमनमा केही सहज भने बनाएको बताए । पहिले बजारदेखि नुन, चामललगायत दैनिक उपभोग्य सामान ल्याउन घन्टौँ लाग्ने गरेकामा अहिले १५र२० मिनेट बोकेर ल्याउन सकिने उनको भनाइ थियो । सडकलाई गुणस्तरीय बनाएर सबै ठाउँमा गाडी सञ्चालन गर्न सके गाउँको विकासमा टेवा पुग्ने पुनमगरले बताए ।

ढोरपाटन नगरपालिका–९ का तिलबहादुर सुनारले सडकले गाउँलेको दैनिकी नै बदलिएको बताए । उनले गाउँ सडक सञ्जालमा जोडिनुपूर्व दैनिकी कष्टकर भएको सुनाउँदै अहिले धेरै सहज भएको बताउनुभयो । सडकका कारण बजारको सेवासुविधा गाउँमा आएको सुनारको भनाइ छ ।

सडकले विकाससँगै गाउँमा ठूलो विनास पनि निम्त्याएको उनले बताए । अव्यवस्थितरुपमा निर्माण भएका सडकमा हिउँदमा गाडी गुडे पनि बर्खाको समय ठप्प हुने र पहिरोले बस्ती बगाउने गरेको सुनारले बताए ।

‘सडक आवश्यकताभन्दा बढी खनिए, त्यसले गर्दा सडकभन्दा तल पट्टीका धेरै बस्ती बाढी र पहिरोको जोखिममा छन् । स्थानीय बर्खामा घर छाडेर भाग्नुपर्ने अवस्था छ, पहिले गाउँ निकै राम्रो थियो, खेतीयोग्य जमिन हराबरा थिए, अहिले सडकले गर्दा उराठिलो बनेका छन्,’ उनले भने, ‘तीनरचार वर्ष अगाडि निर्माण भएका सडकमा अझै नाली बनाइएका छैनन् । बर्खाको पानीले सडक क्षत्विक्षत बनाउने र पहिरो जाने समस्या नित्याएको छ ।’

जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले अव्यवस्थितरुपमा निर्माण भएका सडकले गाउँको सुन्दरतामा दाग लागेको बताए । स्थानीय पालिकाले सुरुका वर्षदेखि सडक निर्माणमा ठूलो लगानी गरे पनि व्यवस्थित गराउन नसकेको उनको भनाइ छ । अहिले सबै पालिकालाई सडक निर्माण गर्दा डिपिआर तयार गरेर मात्रै निर्माण गर्न आग्रह गरेको प्रमुख थापाले बताए । अतिआवश्यक स्थानमा बाहेक अन्य ठाउँमा सडक निर्माण नगर्न पालिकालाई उनले सुझाव दिए ।

‘सडक विकासको मुख्य आधार भएकाले सडक विस्तार आवश्यक छ । केही समय अगाडि जथाभावी निर्माण भएका सडकका कारण गाउँ कुरुप बनेका छन्, अब सडकलाई व्यवस्थित गर्न सकिएन भने वातावरणमा ठूलो असर पुग्ने देखिन्छ’, प्रमुख थापाले भने, ‘हामीले सबै पालिकालाई सडक निर्माण गर्दा डिपिआर तयार गरेर काम गर्न आग्रह गरेका छौँ । गाउँको सुन्दरता, भौगोलिक अवस्था बुझेर मात्रै बाटो खन्न भनेका छौँ ।’

बागलुङमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको करिब एक सय ४२ किलोमिटर खण्ड पर्छ । यस खण्डको अधिकांश भागमा ग्रामीण सडकले असर पुर्याएको छ । हिउँदमा निर्माण भएका ग्रामीण सडकबाट बर्खामा भल र लेदोसहित आउने माटोले कालोपत्र भएको लोकमार्गलाई क्षति गर्ने गरेको छ भने सडकभन्दा तलका धेरै बस्ती विस्थापित भएका छन् ।

Previous Post

प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर

Next Post

मोदीलाई अमेरिकी संसदमा सम्बोधनको निम्तो

सम्बन्धित खबर

पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
Load More
Next Post
भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

मोदीलाई अमेरिकी संसदमा सम्बोधनको निम्तो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In