• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस कारण विशेष छ मुर्रा राँगा

by
२५ जेष्ठ २०८०,
0
यस कारण विशेष छ मुर्रा राँगा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – भारत सरकारको सहयोगमा नेपालमा ल्याउन लागिएका उन्नत जातका मुर्रा राँगो भैँसीको नश्ल सुधारका लागि महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको छ ।

दूध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्त्व हुने अवस्थालाई दृष्टिगत गर्दै नेपालमा २०६९ सालबाट पशुको कृतिम गर्भाधानको राष्ट्रिय अभियान थालिएको थियो । त्यसयता पोखरा, लहान र नेपालगञ्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका लागि वीर्य सङ्कलन गरी देशका विभिन्न जिल्लामा पठाउने गरिएको छ ।

कार्यालयमार्फत गाईभैँसी र बाख्राको शुद्ध नश्ल सुधारका लागि वीर्य सङ्कलन गर्दै आइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष पोखरा कार्यालयबाट मात्रै करिब छ लाख डोज वीर्य सङ्कलन गरेर विभिन्न जिल्लामा पठाइएको थियो । त्यसवर्ष लहान कार्यालयबाट तीन लाख डोज र नेपालगञ्ज कार्यालयबाट ५० हजार डोज वीर्य वितरण गरिएको थियो ।

पोखरा कार्यालयले वीर्य सङ्कलन एवम् वितरणबाट वार्षिक तीन करोड ९६ लाख राजस्व सङ्कलन गरेको उनले बताए । कार्यालयले अघिल्लो वर्षको तुलनामा यसवर्ष ३३ प्रतिशत डोज वीर्य थप्ने उद्देश्य राखेको छ ।

अघिल्लो वर्ष गाईभैँसी र बाख्रा गरी पाँच लाख ७१ हजार डोज वीर्य सङ्कलन गरिएको थियो । जसबाट पाँच करोड रुपैयाँको हाराहारीमा राजस्व सङ्कलन हुने अनुमान गरिएको छ । चालु आवको चैतसम्म तीन करोड रुपैयाँ सङ्कलन भइसकेको जनाइएको छ ।

पछिल्ला समयमा नश्ल सुधारसँगै किसान पाडापाडी, बाच्छाबाच्छी हुर्काउनेतर्फ लागेको डा पाण्डेय बताउँछन् । नश्ल सुधारले हिजो प्रतिबेत ७००-८०० लिटर दूध दिने भैँसीले अहिले २७-२८ सय लिटरसम्म दूध दिन थालेको उनले बताए ।

भैँसीमा वंश सुधार कार्यक्रमले प्रतिबेत ३८-३९ सय लिटरसम्म दूध दिन थालेको जानकारी दिँदै उनले भारतबाट ल्याउने भनिएका मुर्रा प्रतिबेत चार हजारदेखि चार हजार दुई सय लिटरसम्म दूध दिने उनले बताए । भैँसीले प्रतिबेत औसतमा ३०५ दिन दूध दिने अनुमान गरिन्छ ।

‘वर्षौँदेखिको नश्ल सुधारको प्रयासका लागि मुर्रा जातका राँगा आउन लागेको हो,’ उनले भने, ‘जेनेटिक मेटेरियल आउनु सामान्य कुरा होइन, यो आफैँंमा अमूल्य छ ।’

मुर्रा आउने भएसँगै पोखरा कार्यालयले तिनीहरूको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाएको छ । नश्ल सुधार प्रयोजनका लागि ल्याइने पशुलाई ल्याइसकेपछि २१ दिन क्वारेन्टिनमा राख्ने प्रचलन छ । आउन लागेका मुर्रा राँगाका लागि क्वारेन्टिइन सेलहरू तयार गरिसकेको र गोठ तयारी अवस्थामा रहेको उनले बताए ।

अन्य देशबाट ल्याउदा आवश्यक प्रक्रिया अपनाउनुपर्ने बताउँदै उनले सुरुमा प्राविधिक टोली पुगेर ल्याउन लागिएका मुर्राबारे आवश्यक जाँचबुझ गर्ने जानकारी दिए । प्राविधिक टोलीले ल्याउन लागिएका राँगमा कुनै रोग छ वा छैन, अण्डकोषको अवस्था कस्तो छ, कसरी हिँड्छ आदिबारे पूर्णरुपमा जानकारी लिने र रोग नभएका अवस्थामा सम्बन्धित देशको आधिकारिक पशु चिकित्सकबाट प्रमाणित गरेर मात्रै ल्याउने प्रचलन छ । डेढ महिनाभित्रमा आउने भनिए पनि यकिन मिति भने तय नभएको उनले जानकारी दिए ।

उनका अनुसार पोखरामा हाल रहेका १२ वटा राँगोमध्ये आठ वटाबाट वीर्य सङ्कलन भइरहेको छ । पोखरास्थित पशुप्रजनन कार्यालयमा ५८ वटा साँढे र राँगा छन् । जसमध्ये ३१ वटाबाट वीर्य सङ्कलन भइरहेको र २७ वटा हुर्कँदो अवस्थाका छन् । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) को सहयोगमा अमेरिकाबाट ल्याइएका छवटा साँढेमध्ये पोखरामा चारवटा रहेको र तिनीहरूबाट हप्ताको दुई दिन वीर्य सङ्कलन गर्दै आएको छ ।

किसानलाई पशुको शुद्ध नश्लका बारेमा जानकारी गराउँदै तिनीहरूको संरक्षण र प्रवर्द्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले काम गरिरहेको कृषि(अर्थ विज्ञ सुशील खड्काले जानकारी दिए । तत्कालीन समयमा पहिलो पटक नेपालमा राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा नश्ल सुधारको उद्देश्यका साथ जर्सी बहर ल्याइएको इतिहास छ ।

त्यसयता औपचारिक रुपमा एनएलएस आइपी आयोजनामार्फत अमेरिकाबाट साँढे ल्याइएको थियो । नेपालमा भारत सरकारको सहयोगमा ल्याउन लागिएका मुर्रा राँगा उत्पादकत्व वृद्धिका लागि महत्त्वपूर्ण हुने खड्काले बताए ।

‘नेपालमा हाल थोरै मात्रामा दूध दिने भैँसी छन्,’ उनले भने, ‘भारतबाट ल्याउन लागिएका मुर्रा राँगोको वीर्यबाट जन्मने पाडीहरूको दूध दिने क्षमता बढी हुन्छ ।’ -रासस

Previous Post

लू अझै पाँच दिन रहने, सतर्क रहन विभागको अपिल

Next Post

लुम्बिनी केबलकारको प्रधानमन्त्रीले गरे उद्घाटन

सम्बन्धित खबर

पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
Load More
Next Post
लुम्बिनी केबलकारको प्रधानमन्त्रीले गरे उद्घाटन

लुम्बिनी केबलकारको प्रधानमन्त्रीले गरे उद्घाटन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In