एक दिन शेरे भगवानको तपस्या गर्दै रैछ
अचानक भगवान् प्रकट भएछन् अनि भनेछन्—
भगवान्ः तँ के चाहन्छस् माग ?
शेरेः एउटा जागिर, ठूलो गाडी र त्यसमा धेरै केटी नै केटी…
भगवान्ः तथास्तु ।
बिचरा शेरे आज एउटा गल्र्स स्कुलमा बस ड्राइभर छ….।
टायरको हावा
रातको समयमा एक जना यात्रु मोटरसाइकल लिएर आफ्नो घरमा जाँदै रहेछ—
पुलिसः ए भाइ, किन वाइकको लाइट नबालेको ?
यात्रुः देख्नु भएको छैन बाटो छेउछाउ यति धेरै बत्ति बलिरहेका छन् ।
पुलिसः वाइकको दुवै टायरको हावा फालिदिँदै, जाउ भाइ अब जान सक्छौ ।
यात्रुः दुईवटै टायरको हावा फालिदिनुभयो कसरी जाने ?
पुलिसः थाहा छैन पृथ्वीभरी हावा नै हावा छ नि ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













