• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आएको छ : उपमहासचिव पोखरेल

by
२० जेष्ठ २०८०,
0
विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लग्यो : गिरिराजमणि पोखरेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रुपमा देखापरेको उल्लेख गर्नुहुँदै पार्टी स्कुल विभाग प्रमुखसमेत रहनुभएका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याउनुभयो । “भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धका कदम अगाडि बढाएको छ”, उपमहासचिव पोखरेलले भन्नुभयो, “अरु क्षेत्रमा देखा परेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ ।

भ्रष्ट मानसिकताविरुद्ध भित्र र बाहिर सबैतिर सशक्तरुपमा सङ्घर्ष गर्न जरुरी छ ।” नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमहासचिव पोखरेलले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकरात्मक ढङ्गले प्रस्तुत नगर्नसमेत उहाँले आग्रह गर्नुभयो । “हामीलेछिमेकी राष्ट्रसँगको सम्बन्धलाई महत्वका साथ अगाडि बढाए मात्रै हामी अगाडि बढ्न सक्छौँ”, उपमहासचिव पोखरेलले भन्नुभयो, “यो पक्षलाई हेरेर प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ ।

म त्यसलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्न सबैमा आग्रह गर्न चाहन्छु ।” दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पार्टी तथा सरकार लागिपरेको उहाँको भनाइ छ । “पार्टीले अघि सारेको कार्यदिशा सफल पार्न उच्च, माध्यमिक र आधारभूत तह गरी तीन तहको पार्टी स्कुल कार्यक्रम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । पार्टी स्कूल कार्यक्रमलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । “पछिल्लो समय सामाजिक सञ्जाल हेरेर नेता तथा कार्यकर्ताले आफ्नो अवधारणा बनाउने गरेका छन् । फेसबुके विश्लेषणले काम दिँदैन”, उहाँले भन्नुभयो, “अहिले राष्ट्र र राष्ट्रियतामाथि विभिन्न क्षेत्रबाट हमला भइरहेको छ । यसलाई संरक्षण गर्न सबै नेता तथा कार्यकर्ता गम्भीर हुन जरुरी छ ।” सो अवसरमा अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टङ्क राई, बाम विश्लेषक एवं पूर्वसांसद हरि रोका, संविधानसभा सदस्य एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, डाक्टर धनप्रसाद सुवेदी, ध्रुव श्रेष्ठ, रमेश सुनुवार र रामदीप आचार्यलगायतले सहजीकरण गरिरहनुभएको छ ।

कार्यक्रममा पार्टीको वैचारिक, राजनीतिक र सङ्गठनात्मक कार्यदिशा, पहिचान र सङ्घीयता, संस्कृति र सांस्कृतिक रुपान्तरण, समावेशिता र समानुपातिक नीति, स्थानीय सरकार सञ्चालन ऐन, राजनीतिक अर्थशास्त्र, दर्शनशास्त्रको अवधारणा र माक्र्सवादी दर्शनलगायतका बारेमा कक्षा सञ्चालन भइरहेको माओवादी केन्द्र खोटाङका जिल्ला समन्वय समिति संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको सभाहलमा जारी कार्यक्रममा पार्टीको जिल्ला समन्वय समिति, स्थानीय तहका पार्टी प्रमुख तथा प्रतिनिधि, पार्टीबाट निर्वाचित दशवटै स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम समापनपछि सहभागी नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रमा गएर पार्टी स्कुल कार्यक्रम सञ्चालन गर्नुपर्ने जनाइएको छ । —

Previous Post

आतंकबाद संबन्धी अदालतले दियो इमरान खानलाई १३ जुनसम्मको जमानत

Next Post

नेपालले भारतबाट पायो १५ वटा भैंसी उपहार

सम्बन्धित खबर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
Load More
Next Post
नेपालले भारतबाट पायो १५ वटा भैंसी उपहार

नेपालले भारतबाट पायो १५ वटा भैंसी उपहार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In