• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    गुराँस हेर्न पर्यटक घोडेपानीमा

    हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मध्यपहाडी लोकमार्गमा फलफूल आयोजना सुरु

by
९ जेष्ठ २०८०,
0
मध्यपहाडी लोकमार्गमा फलफूल आयोजना सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागमती– मध्यपहाडी लोकमार्ग आसपास क्षेत्रलाई लक्षित गरी १२ अर्ब ५५ करोडको लागतमा वाग्मती प्रदेशसहित पाँचवटै प्रदेशको पहाडी क्षेत्रमा फलफूल विकास आयोजना सुरु गरिएको छ ।

सो आयोजनामा ४० हजार घरधुरीलाई समेटिने लक्ष्य रहेको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन एकाइ काठमाडौँको आयोजना तथा बागमती प्रदेशस्तरीय आयोजना व्यवस्थापन एकाइ हेटौँडाको समन्वयमा हेटौँडामा आज आयोजित बागमती प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा सो जानकरी दिइएको हो ।

सन् २०२९ सम्म सञ्चालन हुने उक्त आयोजना लागू भएका पाँच वटा प्रदेशका एक सय वटा स्थानीय तहका नागरिकको कृषिमा आधारित आम्दानी बढाउनका लागि १० हजार घरधुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथानेबाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य रहेको सो कार्यक्रममा जानकारी दिइएको हो ।

मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको सो आयोजनाअन्तर्गत आयोजना कार्यावन्यन अवधिमा काष्टफल, फलफूल र तरकारी तथा रैथानेवालीमा गरी ४० हजार घरधुरी समेटिने बताइएको छ । पहाडीक्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय व्यवस्थापन एकाइ काठमाडौँका निर्देशक राजेन्द्र कोइरालाले आयोजना बागमती प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट र धादिङ जिल्लाका आठ स्थानीय तहमा सञ्चालन हुने बताउँदै त्यहाँ कागजी बदाम, स्याउ, एभोकाडो, कागती, सुन्तला, जुनार, किवी, मेकाडेमिया, पिकानट तथा ओखरको बगैँचा स्थापना गरिने जानकारी दिएका छन् ।

बगैँचा स्थापनामा नसमेटिएका घरधुरीलाई तरकारी तथा अन्य रैथाने बालीको उत्पादनमा समेटिने कार्यक्रम रहेको उनीद्वारा प्रस्तुत विवरणमा जनाइएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन हुन लागेको जानकारी दिए ।

आयोजनाअन्तर्गत ५० लाखभन्दा माथिको अनुदान सम्बन्धित केन्द्रीय आयोजना व्यवस्थापन एकाइमा जाने र अन्य प्रस्ताव प्रदेश आयोजनाबाट सम्पादन हुनेछ । बागमती प्रदेशमा सुन्तला, मेकाडेमिया नट र कागती तीन सय हेक्टरमा एभोकाडो एक सय ५० हेक्टरमा तथा ओखरको सय हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य रहेको छ ।

आयोजनाअन्तर्गत त्रिशूली तथा किर्तिपुरस्थित बागवानी केन्द्रको संस्थागत सुधार र संरक्षण गरिने बताइएको छ । सो अवसरमा बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले कृषि क्षेत्रको विकासका लागि प्रविधि तथा पूर्वाधारको विकास आवश्यक रहेको बताउँदै यो आयोजना सफल होस् भन्ने कामना गरेका छन् ।

Previous Post

काभ्रेमा डरलाग्दोगरी बढ्दै सम्बन्ध विच्छेद र बलात्कारका घटना

Next Post

हावाहुरीले कागती खेती नष्ट

सम्बन्धित खबर

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो
अन्तर्राष्ट्रिय

युद्धको बीचमा इरानमा बिट्कोइन र डिजिटल मुद्राको प्रयोग बढ्यो

१४ चैत्र २०८२,
रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार
आवाज

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

१४ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

१४ चैत्र २०८२,
गुराँस हेर्न पर्यटक घोडेपानीमा
आवाज

गुराँस हेर्न पर्यटक घोडेपानीमा

१४ चैत्र २०८२,
आवाज

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

१४ चैत्र २०८२,
गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
आवाज

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

१४ चैत्र २०८२,
Load More
Next Post
हावाहुरीले कागती खेती नष्ट

हावाहुरीले कागती खेती नष्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In