जामुन स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो । यसमा विशेष गरेर एस्ट्रन्जेन्ट र एन्टी ड्युरिकजस्ता शरीरका लागि फाइदाजनक पोषकतत्वहरु पाइन्छन् । यसका साथै जामुनको सेवनले रगतमा चिनीको मात्रा कम गर्न पनि सहयोग पुग्दछ ।
– मधुमेहका रोगीले जामुनको बियाँ सुकाएर धुलो बनाई सेवन गर्दा धेरै फाइदा पुग्दछ ।
– जामुन खाँदा शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ । यसको सेवनले मुटुलाई स्वस्थ र बलियो बनाउन मद्धत गर्दछ ।
– जामुन सेवन गर्दा पाचन शक्ति बढ्नुका साथै कब्जियतको समस्यालाई समाधान गर्दछ ।
– जामुनमा एण्टी अक्सिडेन्ट रसाइनको मात्रा पनि पाइन्छ । जसले छालालाई चम्किलो बनाउन सहयोग गर्छ ।
– जामुन भिटामिन ‘सि’को राम्रो स्रोत हो । जुन आँखाको ज्योतिका लागि आवश्यक छ । यसले आँखाको कर्नियामा पाइने कोलेजन र कनेक्टिभ टिस्यू बनाउन र यसलाई सन्तुलनमा राख्नका लागि सहयोग गर्दछ ।













