१. गाउँ, नगर र वनमा अर्काको वस्तु देखेर त्यो ग्रहण गर्ने भाव त्याग्ने साधुको तेस्रो अचौर्य व्रत हुन्छ ।
२. वृद्धा, बालिका र युवती— नारीका तीन रुपलाई देखेर तिनलाई माता, पुत्री र बहिनी समान ठान्नु तथा स्त्रीकथाबाट निवृत्त हुनु नै चौथो ब्रह्मचर्य व्रत हो । यो ब्रह्मचर्य तीनै लोकमा पूज्य छ ।
३. सचेतन अथवा अचेतन, अल्प अथवा अधिक होस् अथवा दाँत कोट्याउने सिन्कासम्म पनि साधुले नदिएसम्म ग्रहण गर्दैन ।
४. मैथुन संसर्ग अधर्मको मूल हो, महान् दोषको समूह हो, त्यसैले ब्रह्मचर्यव्रती निग्र्रन् साधुले मैथुन सेवनको सर्वथा त्याग गर्दछ ।
५. तापनि — जुन अनिवार्य छ, असंयमी मानिसद्वारा अप्रार्थनीय छ, ममत्व आदि पैदा गर्नेवाला छैन, त्यस्तो वस्तु नै साधुका लागि उपादेय छ । यसको विपरित अल्पमत परिग्रह पनि उसका लागि ग्राह्य छैन ।
६. आहार तथा विहारमा देश, काल, श्रम, सामथ्र्य तथा उपाधि बुझेर यदि श्रमणले व्यवहार गर्दछ भने ऊ अल्पलेपी हुन्छ, अर्थात् उसलाई अल्पबन्धन नै हुन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













