• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

    त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणः १२ जनालाई संगठित ठगी कसुरमा मुद्दा चलाउने तयारी

by
१ जेष्ठ २०८०,
0
नक्कली भुटानी शरणार्थी प्रकरणः १२ जनालाई संगठित ठगी कसुरमा मुद्दा चलाउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएलगत्तै एमाले सचिव रायमाझी फारार छन् । प्रहरीले रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी हुँदा उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी थिए । तर, प्रहरीको आँखा छल्दै सभामुख देवराज घिमिरेसँगै भैरहवासम्म आएका उनी फरार छन् ।

यस प्रकरणमा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने वैशाख २० गते पक्राउ गरेको थियो ।

यसबीच टोपबहादुरको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेका छन् । प्रहरी स्रोतका अनुसार रायमाझी भारतमा रहेको आशंका गरिएको छ । कतिपयले भने उनी काठमाडौंमै रहेको बताउँछन् । रायमाझीको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भारत पुगेको स्रोतको भनाई छ ।

यस्तै, शरणार्थी ठगी प्रकरणमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार थप दुईविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नेपाली कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पा र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ अनुमति जारी गरिएको हो ।

अहिलेसम्म पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाले दिएको बयानका आधारमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

पक्राउ पुर्जी जारी भएका कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले सानु भण्डारीलाई भेट गरेपछि खाँणसँग मिलेमतो गरेको आशंका गरिएको छ ।

प्रहरीको खोजी सूचीमा
नक्कली शरणार्थी प्रकरणमा ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका चार जना प्रहरीको सूचीमा फरार छन् ।

जिल्ला अदालत काठमाडौंबाट नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक, पूर्वसांसद आङ्टावा शेर्पा, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, चारै जना अहिले प्रहरीको फरार सूचीमा रहेका छन् ।

संगठित ठगी कसुरमा अभियोग लगाउने तयारी
शरणार्थी ठगी प्रकरणमा अहिलेसम्म प्रहरीले पूर्वगृहमन्त्री खाँण, सचिव टेकनारायण पाण्डेलगायत १२ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ हुनेहरुमा पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार ईन्द्रजित र पूर्वउपप्रधानमनत्री तथा एमाले नेता टोपबहादुर रायमाझी छन् ।

यस्तै, सानु भण्डारी, केवश दुलाल, रामशरण केसी, गोविन्द चौधरी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पनि पक्राउ परिसकेका छन् । पक्राउ परेका १२ जनालाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको माग बमोजिम पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतले अनुमति दिएको हो ।

साथै, उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अहिलेसम्म प्राप्त प्रमाणका आधारमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अभियोग लगाउने तयारी गरेको छ । जिल्ला वकिल कार्यालय सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेले भने अहिलेसम्म ऐनको कुन दफाबमोजिमको कसुरमा अभियोग लगाउने भन्ने यकिन भइसकेको बताए । अबको केही दिनमा प्रहरीले प्रतिवेदन बुझाउने छ । सरकारी वकिलको कार्यालयले भने १० दिनभित्र अभियोग अदालतमा दर्ता गर्नेछ ।

पछिल्लो पटक पक्राउ पुर्जी जारी भएका बादलका छोरा प्रतिक र पूर्वसांसद आङ्टावा पनि यो ठगी प्रकरणमा संलग्न रहेको प्रहरीले प्रमाण भेटेको दाबी गरेको छ । प्रतिकले भने यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो कुनैपनि संलग्ना नरहेको भन्दै आपत्ति जनाएका थिए ।

कांग्रेस नेता आङ्टावाले यस प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग हिरासतमा पुगेर भेट गरेका थिए । प्रहरीका अनुसार हिरासतमा गएर शेर्पाले कांग्रेस नेता बालकृष्ण खाँणले आरोपीहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएका थिए ।

पछिल्लो समय नेपालमा भ्रष्टाचार मौलाएको भन्दै नागरिकस्तरमा यसको चर्को विरोध भइरहेको छ । अहिले भ्रष्टाचारमा मुछिएका जो कोही पनि छुट्न नहुने भन्दै निष्पक्ष छानविन गर्नुपर्ने माग बढ्दो छ ।

Previous Post

दर्ताबिनाका मोबाइलमा ‘नेटवर्क लक’ हुने

Next Post

खप्तडबाबाका केही अमर वाणीहरु

सम्बन्धित खबर

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब
अन्तर्राष्ट्रिय

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

५ अशोज २०८३,
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
अन्तर्राष्ट्रिय

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

५ अशोज २०८३,
जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती
समाचार

जुगल हिमाल जाने पुल जीर्ण, भ्रमण वर्षमै पर्यटकलाई सास्ती

५ अशोज २०८३,
उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य
समाचार

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

५ अशोज २०८३,
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
फिचर-ब्यानर

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

५ अशोज २०८३,
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन
समाचार

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन

५ अशोज २०८३,
Load More
Next Post
सनातन शब्दको अर्थ हो सधैँ वर्तमान र निश्चल –खप्तड बाबा

खप्तडबाबाका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In