स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणीः
एक वनमा भेषधारी महात्मा रहन्छन् । तिनीलाई तुच्छ मानको लोभ छ, अलि यता गाउँमा एउटा मुखिया रहन्छन् जसलाई छद्म धर्मात्मा कहलाउन मन छ । यी दुवै अज्ञानीहरूको मेलबाट, भेटबाट यस्तै क्षुद्र, छद्म स्वार्थी मनुष्यको मनोरञ्जन हुन्छ । यो मूर्ख सम्मेलनबाट सरलता, नम्रता, ज्ञानको उदय हुँदैन ।
दुई मूर्खको मेलामा धनको र शानको प्रदर्शन हुन्छ । एक ज्ञानी र अर्को मूर्खको मेलमा द्वन्द्व मात्रै हुन्छ । ज्ञानीज्ञानीको मेलमा सत्सङ्ग एवं आनन्द हुन्छ ।
धेरै भेंडा पालेर कोही शूरवीर हुँदैन ।
धेरै धन कमाएर कोही दानी हुँदैन ।
एक्लै एकान्तमा बसेर कोही शान्त हुँदैन ।
मन र इन्द्रियहरूलाई विजय गरे मात्र शूरो हुन्छ
लोभ त्यागे दाता हुन्छ
बाहिर र भित्रको मोह, लोभ र तृष्णा त्यागे शान्त हुन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













